भर्खरै : Sorry, your browser does not support inline SVG.
सांसद सिद्धिकीले कानुन समिति बैठक छाडिन्, प्रतिवेदनका विषयमा असहमति | भोटेकोशी बाढीपछि ४३० मेगावाट विद्युत् प्रणालीबाट बाहिर, वैकल्पिक व्यवस्थापनको तयारी | सङ्घीय निजामती सेवा विधेयक संसदमा पेस गर्न सरकारको स्वीकृति | विद्यालय पुग्न विद्यार्थीको ज्यानकै बाजी : तुइनदेखि गाडीमा झुन्डिनेसम्म | महाकालीको बाढीले दोधारा–चाँदनीको झोलुङ्गे पुल भत्कियो, आवागमन बन्द | मजदुर राहतदेखि बेपत्ता विदेशी पर्यटकसम्मको तथ्याङ्क सार्वजनिक गर्न माग | ट्रम्प-सी भेटपछि अमेरिका-चीनले ३० अर्ब डलरका वस्तुमा घटाए भन्सार | पहिरोले देशभरका सडक प्रभावित, केही राजमार्गमा एकतर्फी यातायात |

गमगढी बजारमा आगलागी, आठ घर जलेर नष्ट

गमगढी बजारमा आगलागी, आठ घर जलेर नष्ट

मुगु । सदरमुकाम गमगढी बजारमा गएराती भएको आगलागीमा परी आठ घर जलेर पुर्ण रुपमा नष्ट भएका छन् । न्युरोडदेखि कृष्ण चोक जाने सडक छेउका घरहरुमा आगलागी भएको हो ।

नरेश शाहीको कम्प्युटर पसल रहेको घरबाट सुरु भएको आगलागीबाट प्रदिप रावल, जंग ऐडी, गगन शाही, पुतली शाही, जंग बुढा, तार्के लामा सहितका ८ घर जलेर नष्ट भएका छन् ।

आगो नियन्त्रणका लागि नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना, नगर प्रहरी र स्थानीय जुटेका छन् । आगलागीबाट नष्ट भएका घरहरुमा थुप्रै पसल गोदाम र डेरा भएकाले ग्याँस सिलिन्डर पड्केर आगो नियन्त्रण गर्न मुश्किल परेको थियो ।

तीन बर्ष यता गमगढी बजारमा यस्ता आगलागीका घटना पटक पटक हुँदै आएका छन् ।

 


Thali Mobile Pvt.Ltd.