भर्खरै : Sorry, your browser does not support inline SVG.
स्पेनमा भीषण रेल दुर्घटना, ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक | शनिबारसम्म वर्षा र हिमपातको सम्भावना, पाकेको धान नकाट्न मौसमविद्को सुझाव | जिज्ञान थापाको राजदूत नियुक्ति अन्योलमा, सुनुवाइ समितिको निर्णय कुर्दै सरकार | भक्तपुरमा पक्षघातबारे जनचेतना, निःशुल्क स्वास्थ्य परीक्षण | तीन महिनामै ३ अर्ब ६४ करोडको चामल आयात, कृषिप्रधान देशकै अर्बौं रुपैयाँ विदेशियो | ‘अर्नब’ चक्रवातको सम्भावित प्रभाव नेपालमा पनि, भारी वर्षा र हिमपातको जोखिम | वैदेशिक व्यापार ४० प्रतिशतभन्दा बढीले बढ्यो, निर्यात १ खर्ब नाघ्यो | स्पेनमा दुई तीव्र गतिको रेल ठोक्किए, ३९ जनाको मृत्यु |

फोहोरमैला ब्यबस्थापनमा कुरा नमिल्दा सर्वोच्चमा रिट

फोहोरमैला ब्यबस्थापनमा कुरा नमिल्दा सर्वोच्चमा रिट

काठमाडौं । टोखा नगरपालिका र फोहोरमैला ब्यबस्थापन संघले आइतबार सर्वोच्चमा रिट दायर गर्ने जनाएका छन् । नुवाकोटको ककनी गाउँपालिकाले बञ्चरेडाँडा ल्याण्डफिल साइट जाने गाडीलाई प्रवेश शुल्क लिने निर्णयको बिरोधमा टोखा नगरपालिका र संघले सर्वोच्चमा रिट दायर गर्ने भएका हुन ।

स्थानीय तहलाई सवारी साधनमा कर उठाउने अधिकार नभए पनि ल्याण्डफिल साइट प्रभावित क्षेत्र भएकाले साउन १ गतेदेखि फोहोरका गाडीलाई प्रवेश शुल्क लिने निर्णय ककनी गाउँपालिकाले गरेको थियो ।

गाउँपालिकाले फोहोर लिएर जाने गाडीहरुलाई त्यस विषयमा जानकारी गराएको भए पनि हाल उपत्यकाका १७ स्थानीय तहका ८० प्रतिशत फोहोर निजी क्षेत्रले ब्यबस्थापन गरिरहेकामा निजी क्षेत्रका ७९ वटा संस्थाले फोहोर संकलन र व्यवस्थापन गरिरहेका छन् ।

ककनी गाउँपालिकाले बञ्चरेडाँडा ल्याण्डफिल साइटमा फोहोर बिसर्जन गरेबापत प्रति सवारी साधनलाइ एक पटकमा सय रुपैयाँ र अन्य गाडीलाई पटकैपिच्छे एक हजार शुल्क लिने गरी प्रस्ताव गरेपछी त्यसको बिरोधमा टोखा नगरपालिका र फोहोरमैला ब्यबस्थापन संघले सर्वोच्चमा जाने निर्णय गरेका हुन ।

 


Thali Mobile Pvt.Ltd.