भर्खरै : Sorry, your browser does not support inline SVG.
हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह | नेपालमा ठूलो वर्षाको सम्भावना, तराईदेखि पहाडसम्म बाढी-पहिरोको जोखिम बढ्न सक्ने | जापानी इन्सेफलाइटिसको संक्रमण बढ्दो, १२१ जनामा पुष्टि हुँदा २६ जनाको मृत्यु | युवतीको विवादमा गोली चल्यो, १९ वर्षीय किशोरको खुट्टाबाट निकालियो बुलेट | भक्तपुर नगरद्वारा ‘ख्वप आदर निकेतन’ सञ्चालन, ज्येष्ठ नागरिकको सम्मान र सुरक्षित जीवनमा जोड | खुट्टा भाँचिएको पीडा भुलेर स्वास्थ्य सेवामा सक्रिय सचिव डा. गौतम, नुवाकोट वारि नै प्रसूति र आकस्मिक सेवा दिने तयारी | बाढी प्रभावित नुवाकोटमा स्वास्थ्य सेवा विस्तार, वारि अस्थायी बर्थिङ सेन्टर र आधारभूत स्वास्थ्य केन्द्र स्थापना | बागमती प्रदेशद्वारा क्यान्सर र मुटु रोगीका लागि १८ अस्पतालसँग सम्झौता, मन्त्री तामाङ भन्छन्- ‘बिरामीले सहज सेवा पाउनुपर्छ, सोधभर्ना समयमै गर्छौँ’ |

फ्रान्सेली राष्ट्रपतिलाई पार्सलमा काटिएका औंला पठाएपछि…

फ्रान्सेली राष्ट्रपतिलाई पार्सलमा काटिएका औंला पठाएपछि…

पेरिस । फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनको आधिकारिक निवासमा काटिएका मानव औँलाहरू भएको पार्सल प्राप्त भएको छ । पेरिसको अभियोजकको कार्यालयलाई उद्धृत गर्दै सीएनएनले यसको पुष्टि गरेको छ ।

यस विषयमा प्रहरीले अनुसन्धान समेत सुरु गरेको छ । पेरिस अभियोजकको कार्यालयले सीएनएनलाई भन्यो, ‘औँलाको टुक्रा देखिएको छ, जुन एलिसी दरबारमा पार्सल गरिएको थियो ।’ निर्वाचित नेतालाई धम्की वा धम्की दिएर कसुर गरेको घटनामा प्रहरीले गत सोमबारबाट अनुसन्धान थालेको अहिले खुलासा भएको छ ।

पार्सलमा भेटिएको औंठाछाप मानसिक रोगबाट पीडित प्रेषकको हो । फ्रान्सेली राष्ट्रपति निवास एलिसी प्यालेसले भने यसबारेमा केही टिप्पणी गरेको छैन ।

एलिसी प्यालेस फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनको आधिकारिक घर हो, जहाँ २०१७ देखि बस्दै आएका छन् । ट्राफिक प्रहरीको गोली लागेर १७ वर्षीया नाहेल मर्जोकको मृत्यु भएपछि फ्रान्समा हिंसात्मक प्रदर्शन भएको केही दिनपछि यो घटना भएको हो ।

 


Thali Mobile Pvt.Ltd.