भर्खरै : Sorry, your browser does not support inline SVG.
रास्वपा बन्दसत्रमा बहसविनै प्रतिवेदन पारित, प्रतिनिधिहरूको गुनासो – ‘महाधिवेशन नेतामुखी बन्यो’ | विश्वकप फाइनलमा ट्रम्पको विशेष उपस्थिति, इन्फान्टिनोसँग मिलेर ट्रफी हस्तान्तरण गर्ने | मनसुनी वायु विस्तार हुँदै, आज यी प्रदेशमा वर्षा र चट्याङ्गको सम्भावना | बुधबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक | सिक्टा नहरको पानीले २२ हजार हेक्टरमा सिँचाइ | वीरगन्जबाट काठमाडौं आउँदै गरेको ट्रकमा १.२ लाख ट्रामाडोल क्याप्सुल फेला | सिन्धुपाल्चोकबाट २ करोड ६९ लाख रुपैयाँभन्दा बढीका अवैध भेप बरामद | मनसुन प्रवेशसँगै गण्डकीमा भारी वर्षा, कोशीका केही क्षेत्रमा आज पनि ठूलो पानी पर्ने सम्भावना |

बम विस्फोटमा परि ६ जनाको मृत्यु, २० बढी घाइते

बम विस्फोटमा परि ६ जनाको मृत्यु, २० बढी घाइते

सिरिया । शिया तीर्थस्थललाई लक्षित गरी भएको बम विस्फोटमा परि ६ जनाको मृत्यु भएको छ । मुहर्रम अघि बिहीबार राति भएको सो विष्फोटमा २० भन्दा बढी घाइते भएका छन् । बम विस्फोट दमास्कसको ग्रामीण इलाकाको सैयदा जैनाब शहरमा गरिएको थियो ।

सईदा जैनाब शहरको कौ सौदान स्ट्रिटमा ट्याक्सी नजिकै विस्फोट भएको हो । सिरियाली गृह मन्त्रालयले एक विज्ञप्तिमा भन्यो कि, ‘बम विष्फोटपछि सुरक्षाकर्मीहरू विस्फोट भएको ठाउँमा पुगेका थिए र उद्धार कार्य सुरु गरेका थिए ।

मृतकको शव र घाइतेहरूलाई अस्पतालमा भर्ना गरिएको छ।’ प्रसिद्ध शिया तीर्थस्थल सैयदा जैनाब समाधि नजिकै पार्क गरिएको ट्याक्सीमा विस्फोट भएको गृह मन्त्रालयले जनाएको छ । सिरियाली सरकारले यसलाई आतंकवादी हमला भनेको छ ।

सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले सिरियाको रुससँग चलिरहेको द्वन्द्वमा सिरियाली राष्ट्रपति बसर अल असदलाई समर्थन गर्ने इरानी मिलिसियाको स्थान नजिकै विस्फोट भएको बताएको छ।

 


Thali Mobile Pvt.Ltd.