भर्खरै : Sorry, your browser does not support inline SVG.
जापानिज इन्सेफलाइटिसबाट ६३ संक्रमित, १६ जनाको मृत्यु, अधिकांश मृतकले खोप नलगाएको पुष्टि | दुर्गा प्रसाईंसँग वार्ता गर्न सरकारको टोली गठन, आन्दोलनरत पक्षलाई वार्तामा आउन आह्वान | चिनीको भाउ एक महिनामै २० रुपैयाँसम्म बढ्यो, अभावको हल्लाले उपभोक्ता त्रसित | मकवानपुरमा मुख्य न्यायाधीश डाँगीको परिवार सवार स्कोर्पियो दुर्घटना | पश्चिम नेपालका पहिरो प्रभावित क्षेत्रमा भौगर्भिक अध्ययन गरिने | जाजरकोटमा कुटपिटबाट औषधी व्यवसायीको मृत्यु, पाँच जना पक्राउ | दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउने ट्रम्पको घोषणा, सियोलले भने अभ्यास जारी राख्ने | बाढी-पहिरोले देशभरका राजमार्ग अस्तव्यस्त, यी सडकमा यातायात अवरुद्ध |

बाढीको उच्च जोखिम रहेकाले सचेत रहन आग्रह

बाढीको उच्च जोखिम रहेकाले सचेत रहन आग्रह

काठमाण्डौ । स्याङजा, दाङ, रुपन्देही, पाल्पा र नवलपुरमा बाढीको उच्च जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले देशका धेरै ठाउँमा पानी परिरहेकाले अन्य ठाउँ भन्दा ती ठाउँहरुमा बाढीको उच्च जोखिम रहेको महाशाखाले जनाएको हो ।

इलाम, झापा, मोरङ, सुनसरी, मकवानपुर, चितवन, पर्सा, तनहुँ, गुल्मी, अर्घाखाँची, प्यूठान, कैलाली, कञ्चनपुर, डोटी, डडेलधुरा र आसपास भई बहने साना खोला तथा नदीमा पनि जोखिम रहेको महाशाखाले जनाएको छ । काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा पानी परिरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

लगातार परेको पानीले केहि ठाउँमा बाढीको जोखिम छ । बाढीको उच्च जोखिम भएका जिल्ला भएर बग्ने खोलामा आकस्मिक बाढी तथा डुवान हुन सक्ने भएकाले नदी आसपासका क्षेत्रमा सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध समेत गरेको छ ।

 


Thali Mobile Pvt.Ltd.