भर्खरै : Sorry, your browser does not support inline SVG.
रास्वपा बन्दसत्रमा बहसविनै प्रतिवेदन पारित, प्रतिनिधिहरूको गुनासो – ‘महाधिवेशन नेतामुखी बन्यो’ | विश्वकप फाइनलमा ट्रम्पको विशेष उपस्थिति, इन्फान्टिनोसँग मिलेर ट्रफी हस्तान्तरण गर्ने | मनसुनी वायु विस्तार हुँदै, आज यी प्रदेशमा वर्षा र चट्याङ्गको सम्भावना | बुधबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक | सिक्टा नहरको पानीले २२ हजार हेक्टरमा सिँचाइ | वीरगन्जबाट काठमाडौं आउँदै गरेको ट्रकमा १.२ लाख ट्रामाडोल क्याप्सुल फेला | सिन्धुपाल्चोकबाट २ करोड ६९ लाख रुपैयाँभन्दा बढीका अवैध भेप बरामद | मनसुन प्रवेशसँगै गण्डकीमा भारी वर्षा, कोशीका केही क्षेत्रमा आज पनि ठूलो पानी पर्ने सम्भावना |

बाराही साकोसको रजत वर्षः सहकारी सञ्चालकबाट बचतकर्ता सचेत रहन नेमकिपा अध्यक्ष बिजुक्छेँको आग्रह

बाराही साकोसको रजत वर्षः सहकारी सञ्चालकबाट बचतकर्ता सचेत रहन नेमकिपा अध्यक्ष बिजुक्छेँको आग्रह

भक्तपुर । नियति नै ठग्ने भएका सहकारी संस्थाका सञ्चालकहरुबाट बचतकर्ता ठगिएको नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेँले बताएका छन् । सहकारी सञ्चालक इमान्दार नभइदिँदा जनताको अरबौं रकम डुबेको चर्चा गर्दै बिजुक्छेले गलत सहकारी सञ्चालकबाट बचतकर्ता सचेत रहन आग्रह गरे ।

श्री बाराही बचत तथा ऋण सहकारी सस्था लि.को रजत वर्षको समुद्घाटन गर्दै बिजुक्छेँले यस्तो बताएका हुन । संस्थाका जेष्ठ सदस्यहरुलाई सम्मानित गर्दै समाजमा असल सहकारी सस्था पनि छन् भनेर उनले श्री बाराही सहकारीको उदाहरण प्रस्तु गरे ।

सहकारीले सदस्य समुदायलाई राम्रोसँग बुझ्ने गरी जानकारी दिनुपर्ने र सदस्य समुदायले पनि सहकारीको गतिविधि र हिसाव किताव राम्रोसँग हेर्नुपर्नेमा जोड दिए । वर्ष दिनमा एक पटक भेला भएर भोज खाने अनि आँखा चिम्लेर सही छाप मात्रै नगर्न अनुरोध गरे ।

ठग सककारी सञ्चालकका कारण सदस्यहरुको घरखेत समेत चलान भइरहेको उदाहरण दिदै उनले सदस्यहरुले संस्थाको गतिविधिमा नियमित सहभागिता र नियमण गर्नु पर्ने बताए । कुरा नबुझि सही छाप नगर्न भन्दै अध्यक्ष बिजुक्छेँले झुक्याएर सही छाप गराउनेलाई कारबाही जनताले गर्नु पर्ने बताए ।

जागिरको लोभमा स्थानीयका छोरीहरुलाई सहकारीमा काम लगाएर जनताको बचत गराउँदा ती बचत कहाँ लगानी भयो ? के गर्दै छ ? भन्ने जानकारी नराख्दा र सञ्चालकहरुले आफू खुसी लगानी गर्दा जनताको पैसा डुबेको जिकिर गरे ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्…


यसविषयमा जानकारी नराख्दा ओरेन्टलमा भक्तपुरबासीको ८० करोड डुबेको भन्दै बास्तबमा समुदायको सहकारी होकी होइन बुझेर मात्र बचत गर्न जोड दिए । यस्तै सहकारी संस्था समुदायमा आधारित हुन नसक्दा समस्या देखिएको कार्यक्रमका विशेष अतिथी नेफ्कुनका अध्यक्ष परितोष पौडेलले बताए ।

बजारमा जसरी हल्ला चल्यो केही सहकारीको तर बाराही साकोसमा त्यस्तो नभएको र अबका दिनमा पनि त्यस्तो नहुने विश्वास व्यक्त गरे । दक्षिण एसियाकै उत्कृष्ठ सहकारी भएको चर्चा गर्दै अध्यक्ष पौडेलले बाराही साकोस देशकै नमूना सहकारी भएको दावी गरे ।

रजत वर्षको अवसरमा आयोजित कार्यक्रममा उनले सम्मानित जेष्ठ सदस्यहरुलाई दोसल्ला ओदाएर सम्मान गरे । यस्तै नेफ्सकुन बागमती प्रदेश अध्यक्ष उद्धव सापकोटा, भक्तपुर जिल्ला बचत संघका अध्यक्ष कृष्ण गोविन्द लाखाजु, राष्ट्रिय सहकारी बैंकका सञ्चालक धुर्बराज विष्ट, भनपा ४ का वडाध्यक्ष उपेन्द्र सुवालले समुदायमा

आधारित सहकारी अभियान र बचारमा चलेका खराब सहकारीको अगाडि बाराही साकोसले उदाहरणीय काम गरेको बारे आ–आफ्ना धारणा व्यक्त गरे । कार्यक्रममा बाराही साकोस स्थापनाको इतिहास बारे चर्चा गर्दै रजत वर्षका विभिन्न कार्यक्रमहरु बारे संस्थाका संस्थापक अध्यक्ष राध्यश्याम सुवालले प्रकाश पारे ।

सो अवसरमा बाराही साकोसका २६६ जना जेष्ठ सदस्यहरुलाई दोसल्ला, प्रमाण पत्रका साथै उपहार दिएर सम्मान गरिएको थियो । संस्थाका अध्यक्ष विश्वराम त्वायनाको सभापतित्वमा भएको रजत वर्ष शुभारम्भ कार्यक्रममा रजत वर्ष मुल समारोह समितिका संयोजक एवं संस्थाका उपाध्यक्ष कृष्णभक्त बोडे,

कार्यक्रम सञ्चालक जनकप्रसाद न्याईच्याई र पुनेन्द्र कुसीले धारणा राखेका थिए । सहकारीहरुको राम्रा र नराम्रा भ्रमलाई मिडियाको माध्यमबाट समाजलाई सही बाटो देखाउन महत्वपूर्ण भूमिका खेलेको भन्दै कैलाश खबर एच.डी टि.भिका सम्पादक रक्तिम दैलेखी,

जनसंचार टि.भि.का सुरेश सैंजु र भादगाउँ टिभिका प्रतिनिधिलाई पनि सम्मान गरिएको थियो । रजत वर्षको अवसरमा उल्यख्य समुदायको सहभागिता रहेको थियो । तस्वीरमा…

 


Thali Mobile Pvt.Ltd.