भर्खरै : Sorry, your browser does not support inline SVG.

केही दिन पानी नपर्ने भएपछि गर्मी बढ्ने अनुमान

केही दिन पानी नपर्ने भएपछि गर्मी बढ्ने अनुमान

काठमाण्डौ । अब केही दिन मनसुन निष्क्रिय रहने भएकाले पानी कम पर्ने भएको छ । अब केही दिन लगातार र ठूलो पानी नपर्ने भएको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर रहेकाले नेपालमा यसको असर कम रहने हुँदा पानी नपर्ने र मौसम सफा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बाग्मती प्रदेशसहित देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ । कोशी, बाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक र दुई ठाउँमा हल्का वर्षा भइरहेको छ । बिहीवार देशका धेरैजसो ठाउँमा घाम लागेको छ ।

शुक्रवार पनि देशका धेरैजसो ठाउँमा घाम लाग्ने सम्भावना महाशाखाले जनाएको छ । मनसुन ब्रेक हुँदा मनसुनी गतिविधि कम हुने भएकाले गर्मी बढ्न सक्ने महाशाखाले अनुमान गरेको छ ।

 


Thali Mobile Pvt.Ltd.