भर्खरै : Sorry, your browser does not support inline SVG.
स्पेनमा भीषण रेल दुर्घटना, ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक | शनिबारसम्म वर्षा र हिमपातको सम्भावना, पाकेको धान नकाट्न मौसमविद्को सुझाव | जिज्ञान थापाको राजदूत नियुक्ति अन्योलमा, सुनुवाइ समितिको निर्णय कुर्दै सरकार | भक्तपुरमा पक्षघातबारे जनचेतना, निःशुल्क स्वास्थ्य परीक्षण | तीन महिनामै ३ अर्ब ६४ करोडको चामल आयात, कृषिप्रधान देशकै अर्बौं रुपैयाँ विदेशियो | ‘अर्नब’ चक्रवातको सम्भावित प्रभाव नेपालमा पनि, भारी वर्षा र हिमपातको जोखिम | वैदेशिक व्यापार ४० प्रतिशतभन्दा बढीले बढ्यो, निर्यात १ खर्ब नाघ्यो | स्पेनमा दुई तीव्र गतिको रेल ठोक्किए, ३९ जनाको मृत्यु |

केही दिन पानी नपर्ने भएपछि गर्मी बढ्ने अनुमान

केही दिन पानी नपर्ने भएपछि गर्मी बढ्ने अनुमान

काठमाण्डौ । अब केही दिन मनसुन निष्क्रिय रहने भएकाले पानी कम पर्ने भएको छ । अब केही दिन लगातार र ठूलो पानी नपर्ने भएको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर रहेकाले नेपालमा यसको असर कम रहने हुँदा पानी नपर्ने र मौसम सफा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बाग्मती प्रदेशसहित देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ । कोशी, बाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक र दुई ठाउँमा हल्का वर्षा भइरहेको छ । बिहीवार देशका धेरैजसो ठाउँमा घाम लागेको छ ।

शुक्रवार पनि देशका धेरैजसो ठाउँमा घाम लाग्ने सम्भावना महाशाखाले जनाएको छ । मनसुन ब्रेक हुँदा मनसुनी गतिविधि कम हुने भएकाले गर्मी बढ्न सक्ने महाशाखाले अनुमान गरेको छ ।

 


Thali Mobile Pvt.Ltd.