भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

बूढानीलकण्ठः नगर अस्पताल निर्माण र पर्यटन पूर्वाधारमा जोड

बूढानीलकण्ठः नगर अस्पताल निर्माण र पर्यटन पूर्वाधारमा जोड

काठमाडौँ । बूढानीलकण्ठ नगरपालिकाले आगामी आर्थिक वर्ष २०७८–७९ को नीति तथा कार्यक्रममा आफ्नो पहिलो प्राथमिकतामा स्वास्थ्य क्षेत्रलाई राखेको छ । नगरपालिकाले बुधबार आयोजना गरेको नगरसभाले बहुमतबाट नगर प्रमुख उद्धवप्रसाद खरेलद्वारा प्रस्तुत नीति तथा कार्यक्रम पारित गरेको हो । बूढानीकलण्ठ–१० का वडाध्यक्ष नवराज भट्टराईले बुधबार सम्पन्न नगरसभाले नीति तथा कार्यक्रम बहुमतले पारित गरेको जानकारी दिए।

कुनै पनि बेला आउन सक्ने महामारीसँग जुध्न पूर्वाधारसहितका सामग्री व्यवस्थित गर्ने विषय नीति तथा कार्यक्रममा छ । त्यसैगरी नगर अस्पताल तयार पारेर सेवा थाल्ने, स्वास्थ्यचौकीको पूर्वाधार निर्माण गर्नेदेखि मुटु, मिर्गौला जस्ता विशेष रोगबाट पीडित गरीब वर्गका लागि गरिँदै आएको सहयोग व्यवस्थित गर्नेसम्मका योजना समेटिएको छ ।

ध्यान योगका लागि खुला क्षेत्रको सुधार गर्ने, जनता स्वास्थ्य बीमा कार्यक्रम कार्यविधि बनाएर कार्यान्वयन गर्नेलगायत कार्यक्रमलाई पनि आगामी आर्थिक वर्षमा सञ्चालन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । शिक्षा, सामाजिक तथा मानवीय विकास, आर्थिक क्षेत्र, उद्योग, व्यवसाय र पर्यटन, वन, वातावरण र फोहोर व्यवस्थापन, विपद् व्यवस्थापन, प्रशासन सुधार र जनशक्ति व्यवस्थापन, युवा परिचालन तथा सशक्तीकरण, व्यवस्थित शहरी विकासलगायतलाई पनि नगरपालिकाले आगामी आवको प्राथमिकतामा राखेको छ ।

नगरपालिकाका प्रवक्ता भट्टराईका अनुसार आन्तरिक राजस्व परिचालन र वृद्धि तथा पर्यटन पूर्वाधार विकासलाई केन्द्रमा राखेर नगरपालिकाले विभिन्न कार्यक्रम गर्ने योजना अघि सारेको छ । बूढानीलकण्ठले चालु आवमा रु दुई अर्ब ६७ करोड बजेट विनियोजन गरेको थियो । कोभिड–१९ महामारीका कारण वार्षिक लक्ष्यको औसत ५० प्रतिशत मात्रै योजना र कार्यक्रम कार्यान्वयन भएको नगरपालिकाले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.