भर्खरै : Sorry, your browser does not support inline SVG.
स्वास्थ्य मन्त्रालयमा यौन दुर्व्यवहारविरुद्ध कडा आचारसंहिता, उजुरी परेको ७ दिनभित्र छानबिन गर्नुपर्ने | घुस लिएको भिडियो सार्वजनिक भएपछि बाँकेका दुई ट्राफिक प्रहरी निलम्बित | दूधको मूल्य प्रतिलिटर ८० रुपैयाँ पुर्‍याउन किसानको माग, उत्पादन लागत बढेको गुनासो | बोडेको होल्डिङ सेन्टरमा सुकुमबासीलाई खाना खान रोक, सडकमै बसेर भोजन गर्न बाध्य | न्युजिल्यान्डमा त्रिशङ्कु संसद् : सरकार बनाउन प्रधानमन्त्री लक्सनलाई सात सिटे दलको साथ चाहिने | रविपछि राष्ट्रपति भेट्न शीतल निवास पुगे प्रधानमन्त्री बालेन, भारत भ्रमणबारे दिए जानकारी | पूर्वमन्त्री मातृका यादवका नाति ठगी आरोपमा पक्राउ, १३ लाख ७० हजारभन्दा बढी रकम लिएको जाहेरी | अमेरिकामा शक्तिशाली आँधीको वितण्डा : ९ लाखभन्दा बढी घरमा विद्युत् अवरुद्ध, हजारौँ उडान प्रभावित |

सुत्केरीलाई क्याल्सियम चक्की निःशुल्क वितरण

सुत्केरीलाई क्याल्सियम चक्की निःशुल्क वितरण

खोटाङ । हलेसी तुवाचुङ नगरपालिकाले गर्भवती र सुत्केरीलाई क्याल्सियम चक्की निःशुल्क वितरण कार्यक्रम शुरु गरेको छ । आमा र बच्चाको स्वास्थ्यलाई ध्यान दिँदै नगरपालिकाले बहुक्षेत्रीय पोषण कार्यक्रमअन्तरगत नगरपालिकाभित्रका सबै गर्भवती र सुत्केरीलाई उनीहरुको घरैमा पुगेर क्याल्सियम चक्की निःशुल्क वितरण कार्यक्रम शुरु गरेको हो ।

एघार वडा रहेको नगरपालिकाका सबै आमा र बच्चाको शरीरमा पोषणको अभाव हुन नदिन निःशुल्क क्याल्सियम चक्की वितरण शुरु गरिएको नगर प्रमुख इवन राईले बताए । “क्याल्सियम चक्की ११ वटै वडाका स्वास्थ्यचौकीमार्फत वितरण भइरहेको छ”, उहाँले भन्नुभयो, “नगरपालिकाभित्रका ५५० गर्भवती तथा सुत्केरीलाई लक्षित गर्दै क्याल्सियम चक्की निःशुल्क वितरणको व्यवस्था मिलाइएको हो ।”

स्वास्थ्यकर्मीकोे परामर्शमा हालसम्म आफैँ किनेर क्याल्सियम चक्की खाइरहेका गर्भवती तथा सुत्केरीलाई यसपल्टदेखि नगरपालिकाले निःशुल्क उपलब्ध गराउन शुरु गरेको नगर स्वास्थ्य शाखा संयोजक प्रकाश घिमिरेले बताए । संयोजक घिमिरेका अनुसार एक जना गर्भवतीले सुत्केरी भएको ४५ दिनसम्म २२५ चक्की क्याल्सियम खानुपर्ने हुन्छ ।

बजारमा प्रतिक्याल्सियम चक्कीको मूल्य औसतमा रु छ पर्ने गरेको छ । जिल्लामा आफ्नो तथा बच्चाको स्वास्थ्यप्रति सचेत गर्भवती र सुत्केरीले क्याल्सियम चक्की किनेर खाने गरे पनि दूरदराजका अधिकांश गर्भवती र सुत्केरी नियमित क्याल्सियम चक्की खानबाट वञ्चित छन् । कतिपयलाई गर्भवती र सुत्केरीलाई क्याल्सियम चक्की खानुपर्ने जानकारी नै नभएको अवस्थामा नगरपालिकाले निःशुल्क क्याल्सियम चक्की वितरण शुरु गरेपछि उनीहरु लाभान्वित भएका छन् ।

आमा र बच्चाको स्वास्थ्यका लागि नभई नहुने क्याल्सियम चक्कीको अभाव नहोस् र क्याल्सियम चक्कीबाट कोही पनि वञ्चित नहुन् भनेर निःशुल्क वितरणको व्यवस्था गरिएको नगरपालिकाले जनाएको छ । नगरपालिकाले केही समयअघि गर्भवती तथा सुत्केरीलाई निःशुल्क क्याल्सियम चक्की वितरण गर्ने निर्णय गरेको थियो । दश स्थानीय तह रहेको जिल्लामा यसअघि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले पनि क्याल्सियम चक्की निःशुल्क वितरण कार्यक्रम शुरु गरेको थियो ।

यसैबीच कोभिड–१९ महामारीलाई लक्षित गर्दै ऐँसेलुखर्क गाउँपालिकाले मिनी–अक्सिजन प्लान्ट जडान गरेको छ । कोरोना सङ्क्रमित बिरामीका लागि आवश्यक अक्सिजन अभाव हुन नदिन राष्ट्रिय आविष्कार केन्द्रको आर्थिक र प्राविधिक सहयोगमा गाउँपालिकाले प्राथमिक स्वास्थ्य केन्द्र ऐसेलुखर्कमा मिनी–अक्सिजन प्लान्ट जडान गरेको हो ।

प्राथमिक स्वास्थ्य केन्द्रमा एकैसाथ १३ शय्याका बिरामीलाई सिधै अक्सिजन दिन मिल्ने गरी मिनी–अक्सिजन प्लान्ट जडान गरिएको गाउँपालिका प्रमुख विश्वनाथ निरौलाले बताउनुभयो । मिनी–अक्सिजन प्लान्टबाट उत्पादन हुने अक्सिजन एकैसाथ आइसोलेशन सेन्टरका छ शय्या, सामान्य वार्डका छ शय्या र बर्थिङ सेन्टरका एउटा शय्याका बिरामीलाई दिन मिल्ने गरी जडान गरिएको छ ।

करीब रु २० लाख बराबरको उपकरण प्रयोग गरेर तयार पारिएको मिनी–अक्सिजन प्लान्टबाट पाइपमार्फत शय्यामा अक्सिजन पु¥याउने व्यवस्था मिलाइएको छ । खोटाङका १० स्थानीय तहमध्ये ऐँसेलुखर्कमा जिल्लामै पहिलो मिनी–अक्सिजन प्लान्ट जडान गरिएको हो । जिल्ला अस्पताल दिक्तेलमा अक्सिजन प्लान्ट जडान गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बजेट विनियोजन गरे पनि अहिलेसम्म जडान गरिएको छैन । मिनी–अक्सिजन प्लान्ट जडान गर्न राष्ट्रिय आविष्कार केन्द्रबाट दुई गाडी सामग्री लिएर सात जनाको टोली ऐँसेलुखर्क पुगेको थियो ।

 


Thali Mobile Pvt.Ltd.