भर्खरै : Sorry, your browser does not support inline SVG.
नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी | राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व, पूर्वखेलाडीको संख्या बढ्यो | युवाका लागि पर्याप्त र मर्यादित रोजगारी सिर्जना गर्नुपर्ने | एलपी ग्यासको अभाव अझै हटेन, एक साताभित्र आपूर्ति सहज हुने निगमको दाबी | सामाजिक सञ्जालको दुरुपयोग रोक्न नेपाल प्रहरी प्रविधिमैत्री बन्दै | इन्डोनेसियामा यात्रुवाहक डुङ्गामा भीषण आगलागी, ११२ जनाको सकुशल उद्धार | दुई साता बित्यो, कर्णाली सरकार अझै अधुरै : मुख्यमन्त्रीमाथि आफ्नै दल र एमालेको दबाब |

बैशाखी टेकेर एक पटक जिते भन्दैमा घमण्ड नगर्न सभापति थापाको चेतावनी

बैशाखी टेकेर एक पटक जिते भन्दैमा घमण्ड नगर्न सभापति थापाको चेतावनी

भक्तपुर । नेपाली काँग्रेसका भक्तपुर जिल्ला सभापति दुलर्भ थापाले अरुको बैशाखी टेकेर जिते भन्दैमा घमण्ड नगर्न भक्तपुर क्षेत्र नं २ का एमाले नेताहरुलाई चेतावनी दिएका छन् । शुक्रबार रफत सञ्चार क्लबले गरेको कार्यक्रममा बोल्दै सभापति थापाले एमालेका सांस्द एवं युवा नेता महेश बस्नेतलाई अरुको बैशाखी टेकेर एक पटक जित्दैमा घमण्ड नगर्न चेतावनी दिएका हुन ।

उनले सिंगल–सिंगल भिड्छु् भन्नेहरुलाई यसपटक धूलो चटाउने बताएका छन् । सभापति थापाले भने “आफूले माओवादी केन्द्रको बैशाखी टेकेर चुनाब जित्दा सुहाउँदो, पवित्र हुने र अरुले गठबन्धन गर्दा अपबित्र हुने”आफूले अपवित्र गठबन्धन गर्दा गठबन्धन भत्किएको र पार्टी धुजा धुजा भएको टिप्पणी आरोप समेत गरे ।

काठमाडौंका मेयर बालेन साहले अल्फा बिटाको अबैधानिक संरचना हटाएर निकै राम्रो गरेकाले त्यसमा नेपाली कांग्रेसको समर्थन रहेको तर्क गरे । नेपाली कांग्रेस, नेकपा माओवादी, नेकपा समाजवादीलगायतका गठबन्धनका दलहरु समेतको सहभागितामा चुनावी अभियान सञ्चालन गर्ने बताउदै निर्वाचन नजिकिएसँगै गठबन्धन भित्रका दलहरुका नेताले उम्मेदवारी घोषणा गर्नु स्वभाविकै भएको बताए ।

मंसीर ४ को निर्वाचनमा भक्तपुर क्षेत्र नं २ बाट संघीय सांसदमा आफ्नो उम्मेदवारी घोषणा हुनु स्वभाविक भएको जानकारी दिए ।
उनले भने “कांग्रेसको तर्फबाट संघीय सांसदमा मेरो उम्मेदवारी स्वभाविकै हो, जनताले पनि त्यही चाहिरहेका छन् तर अन्य नेताहरुले पनि स्वभाविक रुपमा उम्मेदवारी घोषणा गरेका छन्, तर गठबन्धनले निर्णय जसलाई गर्छ त्यहीँ नै आधिकारिक उम्मेदवार हो, जुनसुकै पार्टीबाट गठबन्धनले उम्मेदवारी दिए पनि जिताउन एक भएर लाग्नेछौँ ।”

 


Thali Mobile Pvt.Ltd.