भर्खरै : Sorry, your browser does not support inline SVG.
सरकारको ऋण बढ्दो, नयाँ ऋणको ठूलो हिस्सा पुरानो साँवा–ब्याज तिर्नमै खर्च | एल निनो तीव्र बन्दै, डिसेम्बरमा उत्कर्षमा पुग्ने डब्ल्यूएमओको अनुमान | चाडपर्वमा हवाई यात्रुलाई राहत, सस्तो दरमै टिकट बेच्न वायुसेवा कम्पनी सहमत | एनपीएलको तयारी तीव्र, त्रिवि क्रिकेट मैदानको स्वरूप बदलिँदै | काठमाडौंमा लुटपाट र मोटरसाइकल चोरीमा संलग्न ‘माझी गिरोह’का नाइकेसहित तीन जना पक्राउ | दशैँ नजिकिएसँगै नयाँबसपार्कमा घर फर्किनेको चाप बढ्यो | भक्तपुरको शिक्षा प्रणालीबारे वरिष्ठ शाखा अधिकृत प्रशिक्षार्थीले लिए जानकारी | बाजुरामा ड्रागन फ्रुटको व्यावसायिक खेती, पाँच रोपनीबाट वार्षिक लाखौँ आम्दानी |

नयाँ सैनिक भर्ति गर्ने आदेशमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको स्ताक्षर

नयाँ सैनिक भर्ति गर्ने आदेशमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको स्ताक्षर

काठमाडौं । रुसले सैनिक संख्या १० प्रतिशतले बढाउने भएको छ । ६ महिनादेखि युक्रेन युद्धमा फसेको रुसले हाल कायम सैनिक संख्याको १० प्रतिशत नयाँ भर्ति गर्ने भएको हो । यस आदेशमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले हस्ताक्षर समेत गरेका छन् ।

नियमित सैनिक संख्या बढाएसँगै स्वयंसेवक सैनिकतर्फ पनि नयाँ भर्ति गर्न सकिने बताइएको छ । नयाँ सैनिक भर्तिपछि नियमिति सेना र स्वयंसेवक सेना गरी रुससँग कुल सैनिक संख्या २० लाख ४० हजार हुनेछ । रुसले युक्रेनको विशेष कारबाहीमा स्वयंसेवक सेना मात्रै क्रियाशील रहेको दावी समेत गर्दै आएको छ ।

हाल रुससँग ११ लाख ५० हजार नियमित सैनिक रहेकोमा १ लाख ३७ हजार नयाँ भर्ति गरिने भएको छ । राष्ट्रपति पुटिनको आदेश आगामी जनावरिदेखि कार्यान्वयनमा जाने जनाइएको छ । पश्चिमा विश्लेषक तथा संचार माध्यमहरुले युक्रेन युद्धमा ठूलो सैन्य क्षति भएकाले त्यसको स्थानमा नयाँ भर्ति गर्न खोजेको आशंका गरेका छन् ।

रुसमा १८ वर्षदेखि २७ वर्ष उमेर समूहका हरेक पुरुषले कम्तिमा एक वर्ष सैन्य सेवामा काम गर्नुपर्दछ । रुसी संचार माध्यम तथा गैरसरकारी संस्थाहरुले भने निजी सुरक्षा कम्पनीहरुसँग रहेको जनशक्ति तथा अन्य सुरक्षा सम्बद्ध स्वयंसेवकहरुलाई युक्रेन युद्धमा आकर्षित गर्ने नीति लिइएको हुनसक्ने बताएका छन् । साथै युक्रेन युद्धमा जानेहरुलाई कैद माफ गर्ने गरी कैदी बन्दीहरुलाई पनि भर्ति गर्न सकिने आंकलन समेत गरिएको छ ।

 

 


Thali Mobile Pvt.Ltd.