भर्खरै : Sorry, your browser does not support inline SVG.
सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती | हर्मुज जलसन्धिमा इरान–ओमानबीच संयुक्त नौपरिवहन मार्गको सम्झौता हुँदै, बहराइन बैठकमा नजाने | मलेसिया रोजगारीमा सिन्डिकेटको आशंका : २५ म्यानपावरमाथि छानबिन, २५० संस्थाको प्रक्रिया रोकियो | शीतल बजारमा पृथ्वी राजमार्ग खोल्न नेपाली सेनाको ब्लास्टिङ, नयाँ सडक संरचना बनाइँदै | वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा, बाँकी संरचना हटाउने काम तीव्र | रसुवागढी नाका बन्द भएपछि मुस्ताङको कोरलानाकामा बढ्यो कारोबार, १५ दिनमै पौने दुई अर्ब राजस्व | बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द |

बोआओ फोरमबारे खुल्यो रहस्य, प्रधानमन्त्री र चिनियाँ राजदूतबीच भेट सम्पन्न

बोआओ फोरमबारे खुल्यो रहस्य, प्रधानमन्त्री र चिनियाँ राजदूतबीच भेट सम्पन्न

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ राजदूतबीच भेटवार्ता भएको छ। बालुवाटारमा छन् सोङ र प्रधानमन्त्री  प्रचण्डबीच भएको भेटमा बोआओ फोरममा सहभागी नहुनुको कारणबारे खुलासा भएको हाे ।

सरकारको नीति तथा कार्यक्रमका विषयमा सांसदले उठाएको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले चिनियाँ राजदूतकै कारण बोआओ फोरममा सहभागी नभएको स्पष्ट पारेका थिए ।

सदनमा दिएको अभिव्यक्तिप्रति प्रधानमन्त्रीसँग आपत्ति राजदूत छन् सोङले आपत्ति जनाए । प्रधानमन्त्री प्रचण्डले गत मंगलबार चिनियाँ राजदूतकै आग्रहमा बोआओ फोरममा सहभागी नभएको अभिव्यक्ति संसदमा दिएका थिए ।

राजदूत छन् सोङ बिहान १० बजे प्रधानमन्त्री निवास पुगेको बालुवाटार स्रोतले बताएको छ । उनीहरूबीच करिब एक घण्टा सघन छलफल भएको थियो ।

प्रधानमन्त्री प्रचण्ड बजेट लगत्तै भारत भ्रमणमा जाने पक्का भएको छ । प्रधानमन्त्री नियुक्त भएलगत्तै उनले आफ्नो पहिलो विदेश भ्रमण भारतबाट हुने जानकारी दिएका थिए ।

 


Thali Mobile Pvt.Ltd.