काठमाडौंः वर्षा र सहकालका देवता भनेर चिनिने रातो मच्छिन्द्रनाथको भोटो जात्रा आज राष्ट्रपति रामचन्द्र पौडेलले अवलोकन गरेका छन् । जावलाखेलमा अपराह्न आयोजित भोटोजात्रामा सरिक भइ राष्ट्रपति पौडेलले भोटोजात्रा अवलोकन गरेका हुन् ।
लगनखेलबाट जावलाखेल पु¥याइएको मच्छिन्द्रनाथको रथ चौथो दिन भोटो देखाउने परम्पराअनुसार राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा भोटो देखाएका हुन । राष्ट्रपति पौडेलले भोटोको दर्शन गरे ।
प्रसाद ग्रहण गरेसंगै जीवित देवी कुमारीको दर्शन गरेका छन् । गत वैशाख ११ गतेदेखि शुरु भएको रथ जात्रा आज भोटो देखाएसँगै यस वर्षका लागि सम्पन्न भएको छ ।
भोटो हेर्न उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे, उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, मन्त्रीहरुलगायत उच्चपदस्थहरु सहभागी भएका थिए । भोटोजात्रामा आम नागरिकको उल्लेख्य सहभागिता रहेको थियो ।
