भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

‘ब्युटीसियन’ बनेर आर्थिकरुपमा सफलता

‘ब्युटीसियन’ बनेर आर्थिकरुपमा सफलता

कैलाली । यहाँका सयौँ महिला अहिले ‘ब्युटीसियन’ पेसामा आबद्ध छन् । सीप सिकेर ब्युटीपार्लर खोली आर्थिकरुपमा सफलता पाएपछि महिला खुसी छन् ।

आयआर्जनका कार्यमा लाग्दा परिवार व्यवस्थापनमा सहयोग पुगेको उनीहरु बताउँछिन् । लम्कीकी सरिता जिसीले ब्युटीपार्लर खोलेको १४ वर्ष भयो ।

सीपमा दक्ष हुनुका साथै अरुका लागिसमेत प्रेरणाको स्रोत बन्दै आएको उनको अनुभव छ । सुरुमा रहरले पेसामा लागेकी मास्के आजभोलि यही पेशाले सन्तुष्टी दिएको बताउँछिन् ।

यही पेसाले आर्थिक अवस्थामा सुधार आएको उनको भनाइ छ । हाल आर्थिक अवस्था सुधार गर्न र बालबालिकामाथि लगानी गर्न यो पेसाले सहज बनाएको उनको भनाइ छ ।

यस्तै टीकापुरकी शिला विष्ट रावलले बच्चा हुर्काएपछि खाली समय सदुपयोग गर्न ब्युटिपार्लर सिकिन् । सिकेको सीप व्यवहारमा उतारौँ भनेर यो पेसा अगालेकी शिलाले सुरुमा एक लाखबाट पार्लर सुरु गरिन् ।

यही पसलबाट धेरै प्रगति गरिन् ।एक लाखबाट व्यवसाय सुरु गरे, हाल लाखौँको सामान छ उनले भनिन् ।

यसरी व्यवसाय गरिरहेका महिलालाई स्थानीय सरकार, ब्युटिसियनका सङ्घ संस्थालेसमेत सघाइ रहेको छ ।

उनीहरुको थप दक्षता वृद्धि, नयाँ सिक्न चाहनेलाई तालिमजस्ता कार्यक्रम भइरहेका टीकापुर नगरपालिकाका आर्थिक विकास शाखा प्रमुख नन्दबहादुर केसीले बताए ।

 


Thali Mobile Pvt.Ltd.