भर्खरै : Sorry, your browser does not support inline SVG.
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ | भारतको गुवाहाटीमा होटेलको जग्गा विवादमा गोली चल्यो, पाँच जनाको मृत्यु | पश्चिमी वायुको प्रभाव बढ्दै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना |

भक्तपुर अस्पताल सेवामा पनि उत्कृष्ट

भक्तपुर अस्पताल सेवामा पनि उत्कृष्ट

भक्तपुर । बागमती प्रदेशमा नै भक्तपुर अस्पताल उत्कृष्ट अस्पताल बन्न सफल भएको छ । अस्पताल व्यवस्थापन सुदृढीकरणअन्तर्गत न्यूनतम सेवा मापदण्ड कार्यान्वयन कार्यक्रममा भक्तपुर अस्पताल देशकै उत्कृष्ट अस्पतालमध्ये अग्रपङ्क्तिमा उभिन सफल भएको हाे ।

तर पछिल्लो समय सेवा प्रवाहमा समेत भक्तपुर अस्पताल उत्कृष्ट बनेकाे छ । सरकारी मूल्याङ्कन टोलीले मूल्याङ्कनको मापदण्डअनुसार दिएको नम्बरको आधारमा सबैभन्दा धेरै नम्बर प्राप्त गरेकोमा अस्पताल परिवारले खुसी व्यक्त गरेको केही समय पछि सेवा प्रवाहमा समेत खुसी व्यक्त गरेका छ ।

अस्पतालले न्यूनतम सेवा मापदण्डमा दु्रत गतिमा प्रगति गर्दै सर्वोत्कृष्ट नतिजा ल्याएको त छ नै अझ व्यवहारमा सेवालाइ थप सहजता पुष्टिसमेत गरेको छ । स्थलगत अवलोकन र मूल्याङ्कनमा भक्तपुर अस्पतालले ८२ अङ्क प्राप्त गरी उत्कृष्ट नतिजा निकालेको र अहिले सेवा प्रवाहमासमेत उत्कृष्टता दिएकाे वाग्मती प्रदेशका स्वास्थ्य निर्देशनालयका वरिष्ठ स्वास्थ्य प्रशासक डाक्टर अर्जुन सापकोटाले बताए ।

अस्पतालको सफलतासँगै कार्यरत स्वास्थ्यकर्मी र कर्मचारी पनि अझ दत्तचित्त भएर काम गरिरहेकाे सेवाग्राहीले बताएका छन् ।

 


Thali Mobile Pvt.Ltd.