भर्खरै : Sorry, your browser does not support inline SVG.
यात्रामा निस्किनुअघि सावधान! बाढी-पहिरोले यी राजमार्ग र सडक पूर्ण बन्द, कतिपयमा एकतर्फी मात्र सञ्चालन | युट्युब बन्यो गुरु! दाङकी सुलोचनाले ११ कट्ठामा कागती खेती गरेर कमाइन् लाखौँ रुपैयाँ | काम नगर्ने चार निर्माण व्यवसायीसँगको ठेक्का सम्झौता रद्द | युक्रेन युद्ध रोक्न ट्रम्प–पुटिनबीच ९० मिनेट वार्ता, पुटिनले दिए मस्को भ्रमणको निम्तो | लाङटाङ राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन र राजस्व दुवै घट्यो | नौबिसे-मलेखु सडक विस्तारले समात्यो गति, ६०% काम सम्पन्न, बिटुमिन संकटपछि फेरि तीव्र निर्माण | प्रविधिमार्फत निगरानी बढाउँदै ट्राफिक प्रहरी | मौसमी चेतावनी: यी प्रदेशमा ठूलो वर्षा र हावाहुरीको सम्भावना, सतर्क रहन आग्रह |

ढाका कुमार दुई करोडको अडियो प्रकरणबारे रास्वपाले आज निर्णय गर्दै

ढाका कुमार दुई करोडको अडियो प्रकरणबारे रास्वपाले आज निर्णय गर्दै

काठमाडौं । प्रतिनिधि सभा सदस्य ढाका कुमार श्रेष्ठको दुई करोडको अडियो प्रकरणबारे राष्ट्रिय स्वतन्त्र पार्टीले आज निर्णय गर्ने भएको छ । पार्टीको अनुशासन आयोगले छानबिन गरी प्रतिवेदन बुझाएकोले आज केन्द्रीय समिति बैठकबाट निर्णय हुने रास्वपाले जनाएको छ ।

रास्वपाले दिउँसो २ बजेका लागि केन्द्रीय समिति बैठक बोलाएको छ । पार्टी कार्यालय बसुन्धरामा बस्ने सोही बैठकबाट निर्णय हुनेछ । रास्वपाका सांसाद ढाका कुमारले व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड रकम मागेको अडियो सार्वजनिक भएको छ ।

त्यसबारे छानबिन गर्ने जिम्मा रास्वपाले अनुशासन आयोगलाई दिएको थियो । आयोगले मंगलबार छानबिन प्रतिवेदन पार्टीलाई बुझाइसकेको छ । उक्त प्रतिवेदनका आधारमा केन्द्रीय समिति बैठकले निर्णय गर्ने बताइएको छ ।

 


Thali Mobile Pvt.Ltd.