भर्खरै : Sorry, your browser does not support inline SVG.
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ | भारतको गुवाहाटीमा होटेलको जग्गा विवादमा गोली चल्यो, पाँच जनाको मृत्यु | पश्चिमी वायुको प्रभाव बढ्दै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना |

ढाका कुमार दुई करोडको अडियो प्रकरणबारे रास्वपाले आज निर्णय गर्दै

ढाका कुमार दुई करोडको अडियो प्रकरणबारे रास्वपाले आज निर्णय गर्दै

काठमाडौं । प्रतिनिधि सभा सदस्य ढाका कुमार श्रेष्ठको दुई करोडको अडियो प्रकरणबारे राष्ट्रिय स्वतन्त्र पार्टीले आज निर्णय गर्ने भएको छ । पार्टीको अनुशासन आयोगले छानबिन गरी प्रतिवेदन बुझाएकोले आज केन्द्रीय समिति बैठकबाट निर्णय हुने रास्वपाले जनाएको छ ।

रास्वपाले दिउँसो २ बजेका लागि केन्द्रीय समिति बैठक बोलाएको छ । पार्टी कार्यालय बसुन्धरामा बस्ने सोही बैठकबाट निर्णय हुनेछ । रास्वपाका सांसाद ढाका कुमारले व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड रकम मागेको अडियो सार्वजनिक भएको छ ।

त्यसबारे छानबिन गर्ने जिम्मा रास्वपाले अनुशासन आयोगलाई दिएको थियो । आयोगले मंगलबार छानबिन प्रतिवेदन पार्टीलाई बुझाइसकेको छ । उक्त प्रतिवेदनका आधारमा केन्द्रीय समिति बैठकले निर्णय गर्ने बताइएको छ ।

 


Thali Mobile Pvt.Ltd.