भर्खरै : Sorry, your browser does not support inline SVG.
‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता | लेखा समितिमा राहदानी छपाई प्रकरणको छलफल रोकियो, सांसदको असहमतिपछि बैठक स्थगित | एक सातामै आत्मदाहका तीन घटनामा तीन जनाको मृत्यु, जलन उपचार सेवामा विशेषज्ञको अभाव |

भारतमा चामल मिल भत्किएपछि ४ जनाको मृत्यु

भारतमा चामल मिल भत्किएपछि ४ जनाको मृत्यु

एजेन्सी । भारतमा चालम मिल भत्किदा चार जनाको मृत्यु भएको छ । भारतको हरियाणा राज्यको कर्नालमा धान कुट्ने मिल रहेको भवन भत्किँदा चार जनाको मृत्यु भएको हो । घटनामा २० जना घाइते भएका हुन ।

भग्नावशेषमा अन्य कामदार पुरिएको आशंकामा उद्धार कार्य जारी छ ।भवन निर्माणमा संरचनागत त्रुटि देखिएको भन्दै घटनाको छानबिन गर्न समिति गठन गरिने भएको छ । मृतकका परिवारलाई उचित क्षतिपूति दिने घोषणा हरियाणा सरकारले गरेको छ ।

तीन तले भवन भत्किँदा त्यहाँ सुतिरहेका मजदुरहरुको मृत्यु भएको हो । मिलमा १ सय ५० कामदार रहेको जनाइएको छ । घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

 


Thali Mobile Pvt.Ltd.