भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

भारतमा चार नेपालीको मृत्यु

भारतमा चार नेपालीको मृत्यु

कञ्चनपुर । सीमावर्ती भारतीय बजार वनबासा नजिकै पर्ने खटियास्थित चरकपुरमा भएको सडक दुर्घटनामा चारजना नेपालीको मृत्यु भएको छ ।

उल्टाखाममा पूजापाठ सकेर भारतको उत्तराखण्ड खटिमास्थित मुडेलीतर्फ फर्किने क्रममा विपरित दिशाबाट गुडिरहेको कारले ठक्कर दिँदा एकै परिवारका चार जनाको मृत्यु भएको हो । वनबासा हुँदै दुईवटा स्कूटरमा खटियातर्फ गइरहेका बेला दुर्घना भएको हो ।

दुर्घटनामा कञ्चनपुरको भीमदत्त नगरपालिका–२ उल्टाखाम घर भएका नेमबहादुर चन्द, उनकी श्रीमती सरस्वती, बुहारी नर्मदा र भाइ बुहारी कल्पना चन्दको मृत्यु भएको हो । चकरपुरमा उनीहरूलाई ठक्कर दिएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूलाई अस्पताल पुर्‌याउने बित्तिकै मृत घोषित गएिको थियो । मृतकको शव पोष्टमार्टमका लागि अस्पतालमा राखिएको छ ।

 


Thali Mobile Pvt.Ltd.