भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

ओएस नेपाल म्युजिक अवार्डमा २७५ कलाकारलाई प्रमाणपत्र प्रदान

ओएस नेपाल म्युजिक अवार्डमा २७५ कलाकारलाई प्रमाणपत्र प्रदान

काठमाडौं । चौथो ओएस नेपाल म्युजिक अवार्ड २०८० मा उत्कृष्ट २७५ जना कलाकार तथा श्रष्टाहरुलाई प्रमाणपत्र प्रदान गरिएको छ । ‘नेपाली गीत संगीत हाम्रो उच्च सम्मान’ भन्ने मूल नारासहित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा उनीहरूलाई प्रमाण प्रदान गरिएको हो ।

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदी तथा काठमाडौँ प्रहरी परिसर प्रमुख दानबहादुर कार्कीको हातबाट उत्कृष्ट पाँचमा पर्न सफल कलाकार तथा स्रष्टाहरुलाई प्रमाणपत्र वितरण गरिएको आयोजक विवेक कार्कीले जानकारी दिए ।

मन्त्री मोदीले कलाकारहरू देशको गहना भएको र कलाकारिताको निरन्तर साधना गरेमा सफलता धेरै टाढा नभएको बताए । उनले उत्कृष्ट पाँमा पर्न सफल कलाकर्मीहरुलाई जितको शुभकामना समेत दिए ।

आफू २९ वर्षकै उमेरमा जनप्रतिनिधिका रुपमा चयन हुँदा युवा जोस जाँगर र उर्जा भरिएको र अहिले युवाहरूमा कलाकारिताप्रतिको उत्साह देख्दा खुसी लागेको बताए । कार्यक्रममा वरिष्ठ गायक तथा

हाल जिल्ला समन्वय समिति ललितपुरमा जिल्ला समन्वय अधिकारीको रुपमा कार्यरत दिनेश थानी, साहित्यकार सुरेन्द्र मर्हजन अमर, उपन्यासकार संघका अध्यक्ष शंकर भारती, आइटी इञ्जिनियर विवेक श्रेष्ठ, चलचित्रका निर्देशक अमृतमान मर्हजन, लगायतको उपस्थिति थियो ।

 


Thali Mobile Pvt.Ltd.