एजेन्सी । टर्की र सिरियाको भूकम्पमा परि २८ हजार जनाको मृत्यु भएको छ ।
टर्कीमा २४ हजार ६ सय २७ र सिरियामा ३ हजार ५ सय ७५ जना गरि २८ हजारले ज्यान गुमाएका हुन ।
भूकम्पका कारण करिब ५३ लाख सिरियाली घरबारविहीन भएका अनुमान गरेको छ ।
प्रतिकूल मौसममा पनि भग्नावशेषबाट जीवित उद्धारको कार्य भइरहेको छ ।
जर्मनीका सहायताकर्मी तथा चिकित्सकले टर्कीको असुरक्षाका कारण सेवा स्थगन गरेका छन् ।
सिरियाका भूकम्प प्रभावित क्षेत्रमा खाना, पानी, बस्नेस्थान, उपकरण केही नभएकाले सेवा प्रवाह हुन नसकेको चिकित्सकहरूले बताएका छन् ।
