भर्खरै : Sorry, your browser does not support inline SVG.
सांसद सिद्धिकीले कानुन समिति बैठक छाडिन्, प्रतिवेदनका विषयमा असहमति | भोटेकोशी बाढीपछि ४३० मेगावाट विद्युत् प्रणालीबाट बाहिर, वैकल्पिक व्यवस्थापनको तयारी | सङ्घीय निजामती सेवा विधेयक संसदमा पेस गर्न सरकारको स्वीकृति | विद्यालय पुग्न विद्यार्थीको ज्यानकै बाजी : तुइनदेखि गाडीमा झुन्डिनेसम्म | महाकालीको बाढीले दोधारा–चाँदनीको झोलुङ्गे पुल भत्कियो, आवागमन बन्द | मजदुर राहतदेखि बेपत्ता विदेशी पर्यटकसम्मको तथ्याङ्क सार्वजनिक गर्न माग | ट्रम्प-सी भेटपछि अमेरिका-चीनले ३० अर्ब डलरका वस्तुमा घटाए भन्सार | पहिरोले देशभरका सडक प्रभावित, केही राजमार्गमा एकतर्फी यातायात |

चिकित्सक काममा फर्किए

चिकित्सक काममा फर्किए

काठमाडौं । नेपाल चिकित्सक संघले आन्दोलन फिर्ता लिएको छ । ट्रमा सेन्टरमा कार्यरत डा. जेनिथलाल सिंहलाई कुटपिटको विरोध गर्दै चिकित्सक संघले आन्दोलन घोषणा गरेका थिए ।

देशभरका स्वास्थ्य संस्थामा अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने निर्णय गरेर आन्दोलनमा होमिएका चिकित्सकले यस्तो घोषणा गरेका हुन ।

राष्ट्रपति विद्यादेवी भण्डारी संसद्मा सम्बोधन गर्न जाने क्रममा शुक्रबार ड्युटीमा रहेका वरिष्ठ प्रहरी हवल्दार शम्भु गुरुङले राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत चिकित्सक डा. सिंहलाई कुटेपछि चिकित्सक आन्दोलनमा उत्रिएका थिए ।

प्रहरी हवल्दार गुरुङ हाल निलम्बनमा परेपछि सहज भएको हो ।

नेपाल सरकारद्वारा गठित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिवको संयोजकत्वमा स्वास्थ्य तथा जसङख्या मन्त्रालयका प्रतिनिधि सहितको वार्ता टोली र संघका पदाधिकारीबीच ६ बुँदे सहमति भएपछि आन्दोलनका कार्यक्रम फिर्ता गरिएको हो।

 


Thali Mobile Pvt.Ltd.