मङ्गलवार साँझ पाँच बजेदेखि अर्को सूचना जारी नहुँदासम्म सिस्टम अवरुद्ध हुने

मङ्गलवार साँझ पाँच बजेदेखि अर्को सूचना जारी नहुँदासम्म सिस्टम अवरुद्ध हुने

काठमाण्डौ। अनलाइनमार्फत श्रम स्वीकृतिको आवेदन दिने प्रक्रिया मङ्गलवार बेलुकादेखि अवरुद्ध हुने भएको छ । सिस्टमको फाइल सर्भर सार्नका लागि फेमिस सिस्टममा नयाँ फाइल अपलोड गर्न नमिल्नेले भएकाले वैदेशिक रोजगार विभागले श्रम स्वीकृतिको आवेदन पेस गर्न नमिल्ने बताए हो ।

सिस्टम पुनः सञ्चालनमा नआउन्जेल गर्न पर्ने भएको छ । मङ्गलवार साँझ पाँच बजेदेखि अर्को सूचना जारी नहुँदासम्म सिस्टम अवरुद्ध हुने छ । अहिले पनि विभागको सिस्टम स्लो चलिएको छ ।

यसअघि श्रम स्वीकृतिको आवेदन दिइसकेकाहरूले भने सबै कागजात र प्रक्रिया मिलेको भएमा श्रम स्वीकृति प्राप्त गर्ने छन् । कुनै कारणले श्रम स्वीकृतिको आवेदन अस्वीकृति भएमा पुनः मागेका कागजात राखेर आवेदन सबमिट गर्न भने मिल्ने छैन ।

 


Thali Mobile Pvt.Ltd.