काठमाडौं । नयाँ वर्षको अवसरमा स्वयम्भु मञ्जुश्री यातायात प्रा.लिले नेपालमा पनि बस सेवा सञ्चालनमा ल्याएको छ । विगत दुई दशकदेखि नेपाल भारत मैत्री बस सेवा मार्फत नेपाल र भारतका विभिन्न प्रान्तमा बस सेवा सञ्चालन गरिरहेको कम्पनिले नयाँ वर्षकाे अवसरमा नेपालभित्र काठमाडौं बर्दिवास र जनकपुर जटही रुटमा बस सेवा सुचारु गरेको हो ।
बस सेवा विस्तार गरेसँगै यात्रुहरुको सहजताका लागि गौशालामा समेत टिकट काउन्टर स्थापना गरिएको छ । यसअघि स्वयम्भु र बौद्ध शाखाबाट यात्रुहरुले टिकट लिन पाउँथे भने अब गौशाला शाखाबाट पनि नेपालभित्र र भारत जानका लागि टिकट लिन सक्ने कम्पनीले जनाएकाे छ । कम्पनिले हाल काठमाडौदेखि भारतको दिल्ली,पटना बोधगया,बनारस र जनकपुरदेखि पटना बोधगयासम्म सिधै बस सेवा सञ्चालन गरिरहेकाे छ ।
निकट भविष्यमा काठमाडौंदेखि कौशम्भ्य र काठमाडौं गोरखपुरका लागि पनि बस सेवा विस्तार गर्ने योजना रहेको अध्यक्ष छिरीङ शेर्पाले जानकारी दिए । उनले स्वयम्भु मञ्जुश्री यातायात मार्फत नेपाल –भारत आवत जावत गर्ने दैनिक दुई सय सर्वसाधरणले सेवा लिने गरेको बताए ।
