भर्खरै : Sorry, your browser does not support inline SVG.
केरुङमा भीषण पहिरो : ७ जनाको मृत्यु, ५५४ जना अझै बेपत्ता | आज पनि बाढीको जोखिम कायमै : भोटेकोसी–त्रिशूलीमा उच्च सतर्कता, यी जिल्लामा बढ्न सक्छ बहाव | क्यान्सरका बिरामीलाई झट्का : सिस्प्लाटिन र कार्बोप्लाटिन तीन महिनादेखि बजारमै अभाव | बाढीले बगाएको बैंकको सेफ फोडेर पैसा निकाल्ने २९ जना पक्राउ, ९२ लाखभन्दा बढी बरामद | रसुवा बाढीको कहर : मृतकको संख्या ६१६ पुग्यो, चितवनमा मात्रै २३३ शव फेला | भोटेकोशी बाढीपछि खोजी-उद्धार जारी, हराएका आफन्तको विवरण प्रहरीलाई दिन आग्रह | भोटेकोशी बाढी : मधेसका ५८, बाँकेका २७ र सुनसरीका १५ जना सम्पर्कविहीन | आज ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को आग्रह |

मनोमानी ढंगले कर असुली

मनोमानी ढंगले कर असुली

मोरङ । लेटाङ नगरपालिकामा ठेकेदारले मनोमानी ढंगले कर असुली गरिरहेको पाइएको छ। पूर्वाधार सम्भार शुल्क तोकेको भन्दा बढी लिने गरिएको हो ।

मिनी ट्रकसँग २० रुपैयाँ मात्रै लिन पाउने नियम नगरपालिकाले बनाएको छ । तर ठेकेदार कम्पनीले मिनी ट्रकलाई ५० रुपैयाँसम्म कर लिने गरेको हो ।

माथिको आदेश भन्दै नगरपालिकाले तोकेको भन्दा बढी रकम लिने गरिएको व्यवसायी बताएका छन् । आर्थिक वर्ष २०७९–०८० का लागि पाथीभरा कन्स्ट्रक्सनलाई शुल्क असुलीको ठेक्का लगाएको थियो ।

कन्स्ट्रक्सनले हाटबजार, निकासी, पूर्वाधार सम्भारसमेतका कर संकलनका लागि ठेक्का पाएको छ ।

भ्याटसहित ९२ लाख ४० हजार ८ सय ८८ रुपैयाँ बराबरमा ठेक्का पाएको कन्स्ट्रक्सनले रसिद बनाएरै आफ्ना प्रतिनिधि परिचालन गर्दै नगरपालिकाले तोकेभन्दा बढी रकम उठाइरहेको हो ।

 


Thali Mobile Pvt.Ltd.