म्यादी प्रहरीको छनोट सुरू

म्यादी प्रहरीको छनोट सुरू

काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा खटिने म्यादी प्रहरीको छनोट सुरू भएको छ ।

केन्द्रीय सुरक्षा समितिले निर्वाचनमा १ लाख १५ हजार म्यादी प्रहरी परिचालन गर्ने तयारी गरेको छ । योसँगै समितिले छनोट प्रारम्भ गरेको हो ।

समितिले भदौ ३० देखि असोज ६ सम्म म्यादी प्रहरीका लागि आवेदन दर्ता गर्न आग्रह गरेको थियो ।

समितिले असोज ९ देखि १४ सम्म म्यादी प्रहरीको छनोट गरेर असोज २५ मा नतिजा प्रकाशन गर्ने तयारी गरेको छ ।

छनोट भएका म्यादीलाई असोज २७ र २८ मा नियुक्तिपत्र दिइने र असोज ३० बाट कात्तिक ८ सम्म तालिम सम्पन्न गर्ने तयारी सुरक्षा समितिले गरेको छ ।

त्यसलगत्तै नेपाल प्रहरीको नेतृत्वमा म्यादी प्रहरी सुरक्षा ड्युटीमा खटिनेछन् । उनीहरूलाई निर्वाचन सकिएको ४ दिनपछि मंसिर ८ मा प्रमाणपत्र दिएर बिदाइ गर्ने तालिका सार्वजनिक गरेको छ।

 


Thali Mobile Pvt.Ltd.