भर्खरै : Sorry, your browser does not support inline SVG.
सर्वोच्चको आदेशले सम्पत्ति छानबिन रोकियो, १२ हजारको विवरण आयोगमै थन्कियो | सरकारी कर्मचारीको नयाँ तलब लागू, न्यूनतम ४० हजारदेखि १ लाख रुपैयाँभन्दा बढी | नयाँ आर्थिक वर्षसँगै नयाँ कर लागू : शिक्षा, स्वास्थ्य, बिजुली र सेयर कारोबारमा असर | ट्रम्पको आरोप : चीनले अमेरिकी निर्वाचन प्रणालीमा साइबर घुसपैठ गर्‍यो, गोप्य दस्ताबेज सार्वजनिक गर्ने घोषणा | बाढी-पहिरोको असर : देशका विभिन्न राजमार्ग अवरुद्ध, यात्रा अघि सडक अवस्था बुझ्न आग्रह | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको चेतावनी, बाढी–पहिरोको जोखिम बढ्यो | वार्षिक ७० लाख आम्दानी गर्दै कृषक नेम्वाङ | रित्तिँदै गाउँ, सम्झनामा सीमित बन्दै बस्ती |

मशालसँग एकताको पहल

मशालसँग एकताको पहल

काठमाडौं । मोहन वैद्य किरण नेतृत्वको नेपाल क्रान्तिकारी कम्युनिष्ट पार्टीले नेकपा (मशाल)सँग पार्टी एकताका लागि पहल गर्ने भएको छ ।वैद्यको अध्यक्षतामा बसेको सचिवालय बैठकले मशाललगायत अन्य क्रान्तिकारी समूह र व्यक्तिहरुसँग पनि एकताका लागि पहल गर्ने निर्णय गरेको हो ।

अध्यक्ष वैद्यले क्रान्तिकारी कम्युनिष्टको ध्रुवीकरणको कुरा उठाउँदै आएका छन् । वैद्यले केही समय अगाडि मात्रै विप्लवबाट छुट्टिएर बनेको नेकपा बहुमतसँग एकता गरेका थिए ।

साथै, बैठकले कोशी प्रदेश नामाकरणको विरोधमा भएको आन्दोलनलाई समर्थन गर्ने र विभिन्न आन्दोलनका क्रममा झुटा मुद्दा लगाइएका आफ्ना कार्यककर्ताको रिहाइको लागि प्रदर्शन गर्ने निर्णय पनि गरेको छ ।

 


Thali Mobile Pvt.Ltd.