महामन्त्री गगन थापाको गर्जन, अयोग्यता र अहंकारी ओलीको खोले गुदि कुरा

महामन्त्री गगन थापाको गर्जन, अयोग्यता र अहंकारी ओलीको खोले गुदि कुरा

बुटवल । अब आउने चुनावमा मतदाताले नेकपा एमालेलाई दण्ड दिनुपर्ने नेपाली कांग्रेसका महामन्त्री गगन थापाले धारणा राखेका छन् ।

गत निर्वाचनमा नेकपाले झण्डै दुई तिहाई बहुमत पाएपनि पूरा कार्यकाल सरकार चलाउन एमाले असफल भएको र देशले दुःख पाएको बताए । अबको चुनावमा एमालेलाई दण्ड दिनुपर्ने थापाको जिकिर छ ।

अर्घाखाँचीको पाणिनी गाउँपालिकामा आयोजित पार्टी कार्यक्रममा बोल्दै थापाले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको अहंकार र अयोग्यताले देशले दुःख पाएको दावी गरे ।

अब नेपाली कांग्रेसले आफूहरुले २०४८ सालमा बहुमत पाउँदा गरेको गल्ती र २०७४ सालमा नेकपाले बहुमत पाएर गरेको गल्तीबाट पाठ सिक्दै अघि बढ्ने बताए ।

तीनै तहको चुनाव जितेर कांग्रेसले पाँच वर्ष पूरै सरकार चलाएर बहुमतको प्रयोग कसरी गर्ने भन्ने र काम गर्ने तरिका सिकाउने समेतको खुलासा गरे ।

पार्टीमा अबदेखि गुटबन्दी र भागबण्डा हुन नदिने भन्दै थापाले आउँदो चुनाव जितेर ५ वर्ष सरकार चलाउने गरी चुनावको तयारीमा लाग्न नेता कार्यकर्तालाई निर्देशन दिए ।

 


Thali Mobile Pvt.Ltd.