भर्खरै : Sorry, your browser does not support inline SVG.
भारतीय गाडी नेपालमै राखेर तस्करी, छुटपुर्जीको दुरुपयोगमा कर्मचारीको मिलेमतोको आशङ्का | इन्टरनेटको मूल्य घटेन, प्राधिकरणको कारबाही पनि प्रभावहीन ? | दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ |

महामन्त्री गगन थापाको गर्जन, अयोग्यता र अहंकारी ओलीको खोले गुदि कुरा

महामन्त्री गगन थापाको गर्जन, अयोग्यता र अहंकारी ओलीको खोले गुदि कुरा

बुटवल । अब आउने चुनावमा मतदाताले नेकपा एमालेलाई दण्ड दिनुपर्ने नेपाली कांग्रेसका महामन्त्री गगन थापाले धारणा राखेका छन् ।

गत निर्वाचनमा नेकपाले झण्डै दुई तिहाई बहुमत पाएपनि पूरा कार्यकाल सरकार चलाउन एमाले असफल भएको र देशले दुःख पाएको बताए । अबको चुनावमा एमालेलाई दण्ड दिनुपर्ने थापाको जिकिर छ ।

अर्घाखाँचीको पाणिनी गाउँपालिकामा आयोजित पार्टी कार्यक्रममा बोल्दै थापाले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको अहंकार र अयोग्यताले देशले दुःख पाएको दावी गरे ।

अब नेपाली कांग्रेसले आफूहरुले २०४८ सालमा बहुमत पाउँदा गरेको गल्ती र २०७४ सालमा नेकपाले बहुमत पाएर गरेको गल्तीबाट पाठ सिक्दै अघि बढ्ने बताए ।

तीनै तहको चुनाव जितेर कांग्रेसले पाँच वर्ष पूरै सरकार चलाएर बहुमतको प्रयोग कसरी गर्ने भन्ने र काम गर्ने तरिका सिकाउने समेतको खुलासा गरे ।

पार्टीमा अबदेखि गुटबन्दी र भागबण्डा हुन नदिने भन्दै थापाले आउँदो चुनाव जितेर ५ वर्ष सरकार चलाउने गरी चुनावको तयारीमा लाग्न नेता कार्यकर्तालाई निर्देशन दिए ।

 


Thali Mobile Pvt.Ltd.