भर्खरै : Sorry, your browser does not support inline SVG.
भारतीय गाडी नेपालमै राखेर तस्करी, छुटपुर्जीको दुरुपयोगमा कर्मचारीको मिलेमतोको आशङ्का | इन्टरनेटको मूल्य घटेन, प्राधिकरणको कारबाही पनि प्रभावहीन ? | दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ |

पुनः माओवादी केन्द्रको अध्यक्षमा प्रचण्ड निर्विरोध निर्वाचित

पुनः माओवादी केन्द्रको अध्यक्षमा प्रचण्ड निर्विरोध निर्वाचित

काठमाडौं । नेकपा माओवादी केन्द्रको अध्यक्षमा पुनः पुष्पकमल दाहाल ‘प्रचण्ड’ निर्विरोध निर्वाचित भएका छन् ।

राजधानीमा सम्पन्न आठौं महाधिवेशनबाट चुनिएका २३६ सदस्यीय केन्द्रीय कमिटीको पहिलो बैठकले प्रचण्डलाई अध्यक्षमा चयन गरेको हो ।

केन्द्रीय सदस्य कृष्णबहादुर महराको समर्थनमा बैठकमा केन्द्रीय सदस्य नारायणकाजी श्रेष्ठले प्रचण्डलाई अध्यक्षमा प्रस्ताव गरेका थिए । अध्यक्षमा अन्य नेताहरुले दावेदारी नदिएपछि उनी विर्विरोध बनेका हुन ।

 

जेष्ठ सदस्यको हैसियतमा बैठकको अध्यक्षता दिनानाथ शर्माले गरेका थिए भने उनले नै प्रचण्ड निर्विरोध निर्वाचित भएको घोषणा गरेका थिए ।

केन्द्रीय सदस्यले लिए शपथ
नवनिर्वाचित केन्द्रीय कमिटी सदस्यहरूले शपथ ग्रहण गरेका छन् । आठौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित २३६ जना केन्द्रीय सदस्यहरूलाई सोमबार निर्वाचन आयोगका संयोजक विष्णुपुकार श्रेष्ठले शपथ गराएका हुन् ।

फेरि मेरो काँधमा निकै ठुलो भारी बोकाउनु भयोः प्रचण्ड
नेकपा माओवादी केन्द्रको अध्यक्षमा पुन प्रचण्ड आएपछि उनले फेरि आफ्नो काँधमा कार्यकर्ताले निकै ठुलो भारी बोकाएको बताएका छन् ।

अध्यक्षमा निर्वाचित भएपछि केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले सर्वसम्मत नेतृत्व स्वीकार गर्ने केन्द्रीय कमिटी सदस्यलाई धन्यवाद दिए ।

देशलाई राजनीतिक बिन्दुमा लैजाने, पार्टीलाई अझै सुदृढ गर्ने आवश्यकता महसुस गर्दा आफू अझै केही समय सक्रिय हुनुपर्ने बाध्यता आएको प्रचण्डले बताए ।

माओवादी विचार कुनै व्यक्तिसँग नभई सिंगो कम्युनिस्ट आन्दोलनको इतिहाससँग जोडिएको उनको भनाइ छ।

 


Thali Mobile Pvt.Ltd.