भर्खरै : Sorry, your browser does not support inline SVG.
डब्ल्यूएचओबाट बाहिरिने अर्जेन्टिनाको घोषणा, डब्ल्यूएचओले आफूहरुलाई आर्थिक क्षति पुर्‍याएको आरोप | कार्यालय प्रमुख नहुँदा कामकाज प्रभावित, कर्मचारीले पाएनन् तलब | अमेरिकी डलर एकको खरिददर शुक्रबार १३९ रूपैयाँ ८३ पैसा | काठमाण्डौ उपत्यकामा अधिकतम तापक्रम २३ देखि २५ डिग्री सेल्सियससम्म पुग्ने | ट्रक दुर्घटना हुँदा कालीकोटमा एक जनाको मृत्यु | सुन्तला खेतीमा रमाएका पूर्व शिक्षक, वार्षिक ४५ लाख आम्दानी | चालु आर्थिक वर्षको पहिलो ६ महिनामा सबैभन्दा धेरै हुलाकी राजमार्गमा कालोपत्रे | नेपालमा मिलिनियम च्यालेञ्ज कर्पोरेसन अन्तर्गतको कार्यक्रममा सबै भन्दा कम प्रगति |

माओवादी केन्द्र र माओवादी समाजवादी बीच एकता प्रयास

माओवादी केन्द्र र माओवादी समाजवादी बीच एकता प्रयास image

काठमाडौं। नेकपा माओवादी केन्द्र र नेकपा माओवादी समाजवादीबीच एकता वार्ता सम्पन्न भएको छ ।

पेरिसडाँडामा भएको उक्त वार्तामा माओवादी केन्द्रका उपाध्यक्ष एवम् पार्टी एकता वार्ता समितिका संयोजक कृष्णबहादुर महरा र उपमहासचिव एवम् समितिका सदस्य गिरिराजमणि पोखरेल तथा माओवादी समाजवादीका अध्यक्ष कर्णजित बुढाथोकी (सुशील) र उपाध्यक्ष उपाध्यक्ष तिलक मगर सहभागी भएका थिए ।

वार्तामा दुई पार्टीको एकताका वैचारिक आधारबारे खुलेर छलफल भएको र छिटै एकता गरेर अगाडि बढ्ने सहमति भएको छ ।

बुढाथोकी र मगर दुबै माओवादी तर्फबाट संविधानसभा सदस्य थिए । माओवादी केन्द्र र एमालेबीचको एकताप्रति असहमत भएर गोपाल किराँतीले माओवादी केन्द्र नाममै राजनीतिक सक्रियता जारी राखेपछि उनीहरू दुबैजना किराँती समूहमा सहभागि थिए।

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्


hotelghyampedanda