भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

माओवादी केन्द्र र माओवादी समाजवादी बीच एकता प्रयास

माओवादी केन्द्र र माओवादी समाजवादी बीच एकता प्रयास

काठमाडौं। नेकपा माओवादी केन्द्र र नेकपा माओवादी समाजवादीबीच एकता वार्ता सम्पन्न भएको छ ।

पेरिसडाँडामा भएको उक्त वार्तामा माओवादी केन्द्रका उपाध्यक्ष एवम् पार्टी एकता वार्ता समितिका संयोजक कृष्णबहादुर महरा र उपमहासचिव एवम् समितिका सदस्य गिरिराजमणि पोखरेल तथा माओवादी समाजवादीका अध्यक्ष कर्णजित बुढाथोकी (सुशील) र उपाध्यक्ष उपाध्यक्ष तिलक मगर सहभागी भएका थिए ।

वार्तामा दुई पार्टीको एकताका वैचारिक आधारबारे खुलेर छलफल भएको र छिटै एकता गरेर अगाडि बढ्ने सहमति भएको छ ।

बुढाथोकी र मगर दुबै माओवादी तर्फबाट संविधानसभा सदस्य थिए । माओवादी केन्द्र र एमालेबीचको एकताप्रति असहमत भएर गोपाल किराँतीले माओवादी केन्द्र नाममै राजनीतिक सक्रियता जारी राखेपछि उनीहरू दुबैजना किराँती समूहमा सहभागि थिए।

 


Thali Mobile Pvt.Ltd.