भर्खरै : Sorry, your browser does not support inline SVG.

मानव बेचबिखन तथा ओसारपसारमा अपराध बढ्यो

मानव बेचबिखन तथा ओसारपसारमा अपराध बढ्यो

काठमाडौं । मानव बेचबिखन तथा ओसारपसार अघिल्लो वर्षभन्दा वृद्धि भएको छ । गत आर्थिक वर्षभन्दा वर्षको फागुनसम्म मानव बेचबिखन तथा ओसारपसार अपराध बढेको नेपाल प्रहरीले जनाएको हो ।

प्रहरीलेको तथ्यांकअनुसार गत आर्थिक वर्ष २०७८ र ०७९ मा मात्र नेपालभर १४५ वटा मुद्दा दर्ता भएको जनाएको छ । चालू आर्थिक बर्ष २९७९ र ०८० मा मुद्दा दर्ता ९१ पीडित पुरुष ११ र महिला ११८ गरी १२९ जना पीडित रहेका छन् ।

अभियुक्तमध्ये १२५ पुरुष र ७२ जना महिला गरी १९७ जना रहेका छ्न भने त्यस मध्य ४३ पुरुष र २८ महिला गरी ७१ जना फरार छन् । आर्थिक वर्ष २०७८ र ०७९ मा पीडित संख्या महिला ११८ र पुरुष ११ गरि १२९ रहेको छ । अभियुक्त पुरुष १२५ र महिला ७२ जना गरी १९७ छन ।

अपराधमा संलग्न ८२ जना पुरुष र ४४ जना महिला गरि १२६ जना पक्राउ परेका छन । जसमा ४३ पुरुष र २८ महिला फरार रहेका छन । वर्किङ्ग भिसामा खाडी मुलुक जान सरकारले रोक लगाएको भए पनि गिरोहले अधिकास युवा युवतीलाई भिजिट भिसामा खाडी मुलुक पुर्याउने गरेको र यसरी गएर काम गर्दै आएका धेरै महिलालाई उद्दार गरी नेपाल फर्काएको नेपाल प्रहरीले जनाएको छ ।

२०७६ सालदेखि हाल सम्ममा २३९ महिला, १९४ जना पुरुष, १२ जना बालिका र १७ जना बालक गरी ४८४ जनालाई उद्दार गरिसकेको जनाएकको छ । यस्तो जघन्य अपराध रोकथामको लागि मानव बेचबिखन तथा ओसापसर नियन्त्रण ब्युरोले समय समयमा स्थानीय जनसमुदायसँग मिलेर जनचेतना मुलक कार्यक्रमको आयोजना गर्दै आएको प्रहरीले जनाएको छ ।

बेचबिखनमा परेका युवा युवतीलाई एक समूहले आकर्षक कामको प्रलोभन देखाएर बिदेश पु¥याएर बेचबिखन गरेर अलपत्र पार्ने काम गरेको प्रहरीले जनाएको छ । आपराधिक कृयाकलापबाट पीडित हुनेहरुमा अधिकांस किशोरकिशोरीदेखि ४० वर्ष उमेर समुहका छन् ।

 


Thali Mobile Pvt.Ltd.