भर्खरै : Sorry, your browser does not support inline SVG.
सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता | लेखा समितिमा राहदानी छपाई प्रकरणको छलफल रोकियो, सांसदको असहमतिपछि बैठक स्थगित | एक सातामै आत्मदाहका तीन घटनामा तीन जनाको मृत्यु, जलन उपचार सेवामा विशेषज्ञको अभाव | अष्ट्रेलियामा सबै अन्तर्राष्ट्रिय यात्रुका लागि डिजिटल यात्रु कार्ड लागू हुने, कागजी फाराम हटाइने | के हात्तीले वर्षौँसम्म रिस राख्छ ? | देशभर ४६ प्रतिशत मात्रै धान रोपाइँ सम्पन्न, गण्डकी अगाडि, कोशी सबैभन्दा पछाडि |

साउदी अरब र इरानका परराष्ट्रमन्त्रीबीच भेटवार्ता

साउदी अरब र इरानका परराष्ट्रमन्त्रीबीच भेटवार्ता

काठमाडौं । चीनको राजधानी बेइजिङमा साउदी अरब र इरानका परराष्ट्रमन्त्रीबीच भेटवार्ता भएको छ। यी दुुई देशबीच कूटनीतिक सम्बन्ध अघि बढाउन इरानका परराष्ट्रमन्त्री अमिर अब्दोल्ला हियान र साउदी अरबका राजकुमार फैसला बिन फरहान अल साउदबीच भेटवार्ता भएको हो ।

सहमति अनुसार एकअर्काको देशमा दूतावास तथा वाणिज्य दूतावास खोल्ने सहमति बनेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। रियाद र तेहरानमा दूतावास खोलिनेछ भने जेद्दाह र मशहदमा वाणिज्य दूतावास खोलिनेछ।

सन् २०१६ मा कूटनीतिक सम्बन्ध तोडेका इरान र साउदीले सहकार्य विस्तारका अन्य पक्षमा पनि सहमति गरेका छन्। एकअर्काको देशमा उडान गर्ने, सरकारी तथा निजी क्षेत्रका प्रतिनिधिमण्डलले भ्रमण गर्ने सहमति पनि बनेको छ।

द्विपक्षीय सहकार्यमा देखिएका सबै अवरोधलाई निर्मूल बनाउन पनि दुवै देश तयार रहेको बताइएको छ।

 


Thali Mobile Pvt.Ltd.