भर्खरै : Sorry, your browser does not support inline SVG.

मिटरब्याज पीडित र प्रहरीबीच झडप

मिटरब्याज पीडित र प्रहरीबीच झडप

काठमाडौं। तराईका विभिन्न ठाउँहरुबाट हिडेर काठमाडौं आएका मिटरब्याज पीडितहरु आन्दोलनरत छन् । सोमबार काठमाडौंको शान्तिवाटिकामा मिटरब्याज पीडित र प्रहरीबीच झडप भएको छ।

शान्तिवाटिकामा मिटरब्याज विरुद्ध आन्दोलन गरिरहेका मिटरब्याज पीडितले आफ्ना मागहरु सरकारले नसुनेको भन्दै सिंहदरबार वरपर प्रदर्शन गर्ने तयारी गरिरहेका बेला प्रहरीसँग झडप भएको प्रत्यक्षदर्शीले बताए ।

ब्यानरसहित मिटरब्याज पिडीतहरु सिंहदरबारतिर अगाडी बढ्दै गर्दा विहानैदेखि शान्तिवाटिकाको गेटमा पहरा दिइरहेको प्रहरीले रोकेपछि पिडीत र प्रहरीबीच झडप भएको हो । झडपलाई नियन्त्रणमा लिन प्रहरीले पानीको फोहोराको प्रयोग गरेको उनीहरूले बताएका छन् । झडपमा परी केही प्रहरी र १५–२० जना पीडितहरू घाइते भएका छन् ।

मिटरब्याज पीडितको एक समूह र सरकारले १८ चैतमा पाँच बुँदे सहमति गरेको थियो ।

 


Thali Mobile Pvt.Ltd.