भर्खरै : Sorry, your browser does not support inline SVG.
स्पेनमा भीषण रेल दुर्घटना, ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक | शनिबारसम्म वर्षा र हिमपातको सम्भावना, पाकेको धान नकाट्न मौसमविद्को सुझाव | जिज्ञान थापाको राजदूत नियुक्ति अन्योलमा, सुनुवाइ समितिको निर्णय कुर्दै सरकार | भक्तपुरमा पक्षघातबारे जनचेतना, निःशुल्क स्वास्थ्य परीक्षण | तीन महिनामै ३ अर्ब ६४ करोडको चामल आयात, कृषिप्रधान देशकै अर्बौं रुपैयाँ विदेशियो | ‘अर्नब’ चक्रवातको सम्भावित प्रभाव नेपालमा पनि, भारी वर्षा र हिमपातको जोखिम | वैदेशिक व्यापार ४० प्रतिशतभन्दा बढीले बढ्यो, निर्यात १ खर्ब नाघ्यो | स्पेनमा दुई तीव्र गतिको रेल ठोक्किए, ३९ जनाको मृत्यु |

पीडितमाथि प्रहरीको लाठीचार्ज, १२ जना घाइते, ३५ पक्राउ

पीडितमाथि प्रहरीको लाठीचार्ज, १२ जना घाइते, ३५ पक्राउ

काठमाडौं । मिटरब्याज पीडितमाथि प्रहरीले लाठीचार्ज गरेको छ । शान्तिपूर्ण आन्दोलनमा रहेका उनीहरुमाथि धरपकडसमेत गरेको छ । लाठीचार्जमा १२ जना घाइते भएका छन् भने ३५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

तराई मधेशबाट दुई सातादेखि काठमाडौं आएका मिटरब्याज पीडित राजधानीमा प्रदर्शन गरिरहेका छान् । सिंहदरबार अगाडि धर्ना दिन अघिबढेका उनीहरूलाई प्रहरीले शान्तिवाटिकाबाट निस्कन खोज्दा धरपकड गरेको हो ।

पानीको फोहोरा र लाठी चार्जसमेत गरेको संघर्ष समितिका संयोजक अवधेश कुसवाहाले जानकारी दिए । प्रहरीको धरपकडमा एक जना गम्भीर घाइते भएको कुसवाहाले बताए । शान्तिपूर्ण प्रदर्शनमा उत्रिएका ३५ जनालाई प्रहरीले महेन्द्र पुलिस क्लबमा राखेको उनको भनाइ छ ।

 


Thali Mobile Pvt.Ltd.