भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

यस वर्ष धान उत्पादन घट्न सक्ने अनुमा, हालसम्म ६८ प्रतिशत मात्र रोपाइँ

यस वर्ष धान उत्पादन घट्न सक्ने अनुमा, हालसम्म ६८ प्रतिशत मात्र रोपाइँ

काठमाण्डौ । समयमै वर्षा नहुँदा विगत वर्षको तुलनामा साउन पहिलो हप्तासम्म ६८ प्रतिशतमात्र रोपाइँ भएको छ । साउनको पहिलो सातासम्म देशभर ६८ प्रतिशत मात्र रोपाइँ सकिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको हो । गएको वर्षको तुलनामा यसवर्ष अहिलेसम्म २० प्रतिशत कम रोपाइँ भएको हो । यस वर्ष
पोहोर साउन ५ गतेसम्म ८८ प्रतिशत रोपाइँ सकिएको थियो ।

मध्य तराइमा साउन मध्यसम्म नै रोपाइँ हुने गरेकाले यसवर्ष ९५ प्रतिशतसम्म रोपाइँ हुने मन्त्रालयको दाबी छ । मधेश प्रदेश, बागमती र गण्डकीमा मनसुन प्रवेशमा ढिलाइ हुँदा रोपाइँमा असर परेको कृषि मन्त्रालयले जनाएको छ । पर्याप्त वर्षा नहुँदा रोपाइँ प्रभावित भएको र मुख्य गरी मधेस प्रदेशमै रोपाइँ कम भएकाले यस वर्ष धान उत्पादन घट्न सक्ने अनुमान गरिएको छ ।

गोरुमा लम्पी स्कीन रोग देखिएका कारण पनि रोपाइँमा ढिलासुस्ती भएको छ । कुलो लाग्ने खेतमा समयमै रोपाइँ भए पनि आकाशे पानीको भरमा रोपिने खेतमा अझै पूर्णरूपमा रोपाइँ हुन सकेको छैन ।

 


Thali Mobile Pvt.Ltd.