भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपहिरो : सुरुङभित्र ३७ शव फेला, ११औँ दिन चिनियाँ नागरिकको जीवितै उद्धार | काठमाडौँका विभिन्न क्षेत्रमा आठ दिन बिजुली कटौती हुँदै, कुन ठाउँमा कहिले ? | स्पेनमा भीषण रेल दुर्घटना, ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक | शनिबारसम्म वर्षा र हिमपातको सम्भावना, पाकेको धान नकाट्न मौसमविद्को सुझाव | जिज्ञान थापाको राजदूत नियुक्ति अन्योलमा, सुनुवाइ समितिको निर्णय कुर्दै सरकार | भक्तपुरमा पक्षघातबारे जनचेतना, निःशुल्क स्वास्थ्य परीक्षण | तीन महिनामै ३ अर्ब ६४ करोडको चामल आयात, कृषिप्रधान देशकै अर्बौं रुपैयाँ विदेशियो | ‘अर्नब’ चक्रवातको सम्भावित प्रभाव नेपालमा पनि, भारी वर्षा र हिमपातको जोखिम |

यस वर्ष धान उत्पादन घट्न सक्ने अनुमा, हालसम्म ६८ प्रतिशत मात्र रोपाइँ

यस वर्ष धान उत्पादन घट्न सक्ने अनुमा, हालसम्म ६८ प्रतिशत मात्र रोपाइँ

काठमाण्डौ । समयमै वर्षा नहुँदा विगत वर्षको तुलनामा साउन पहिलो हप्तासम्म ६८ प्रतिशतमात्र रोपाइँ भएको छ । साउनको पहिलो सातासम्म देशभर ६८ प्रतिशत मात्र रोपाइँ सकिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको हो । गएको वर्षको तुलनामा यसवर्ष अहिलेसम्म २० प्रतिशत कम रोपाइँ भएको हो । यस वर्ष
पोहोर साउन ५ गतेसम्म ८८ प्रतिशत रोपाइँ सकिएको थियो ।

मध्य तराइमा साउन मध्यसम्म नै रोपाइँ हुने गरेकाले यसवर्ष ९५ प्रतिशतसम्म रोपाइँ हुने मन्त्रालयको दाबी छ । मधेश प्रदेश, बागमती र गण्डकीमा मनसुन प्रवेशमा ढिलाइ हुँदा रोपाइँमा असर परेको कृषि मन्त्रालयले जनाएको छ । पर्याप्त वर्षा नहुँदा रोपाइँ प्रभावित भएको र मुख्य गरी मधेस प्रदेशमै रोपाइँ कम भएकाले यस वर्ष धान उत्पादन घट्न सक्ने अनुमान गरिएको छ ।

गोरुमा लम्पी स्कीन रोग देखिएका कारण पनि रोपाइँमा ढिलासुस्ती भएको छ । कुलो लाग्ने खेतमा समयमै रोपाइँ भए पनि आकाशे पानीको भरमा रोपिने खेतमा अझै पूर्णरूपमा रोपाइँ हुन सकेको छैन ।

 


Thali Mobile Pvt.Ltd.