भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

राष्ट्रपतिले राजीनामा दिनुपर्छ

राष्ट्रपतिले राजीनामा दिनुपर्छ

काठमाडौँ । नागरिकता विधेयक फिर्ता गरेको विरोधमा नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलले राष्ट्रपति विद्यादेवी भण्डारीको राजीनामा माग गरेको छ ।

तरुण दलका अध्यक्ष विद्वान गुरुङले विज्ञप्ति निकाली राष्ट्रपतिको राजीनामा माग गरेका हुन् । राजीनामा नदिए महाअभियोग लगाएर भए पनि राष्ट्रपति भण्डारीलाई पदच्युत गर्नु पर्ने माग तरुण दलले गरेको हो ।

नागरिकता विधेयक फिर्ता गरेर राष्ट्रपतिले जनतामाथि खेलवाड गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । ‘राष्ट्रपति जस्तो गरिमामय पदमा बसेर राजनीतिक प्रतिशोध राखी नागरिताविहीन नागरिकहरूलाई संविधानले दिएको सार्वभौम अधिकारसमेत कुण्ठित हुनेगरी उक्त विधेयक फिर्ता हुनुले नागरिकता प्राप्त गर्ने आशामा बसेका नेपाली नागरिकहरू फेरि अन्धकारको भुमरीमा धकेलिएका छन् ।

राष्ट्रपतिले पदको मर्यादामा बसेर नभई सीमित राजनीतिक दलको चौघेरामा बसेर काम गरेको आरोप तरुण दलले लगएको छ । राष्ट्रपति भण्डारीले नागरिकता विधेयक फिर्ता गरेकी थिइन् । त्यसको केही दल तथा समूहले स्वागत गरेका छन् भने सत्तारुढ दलले विरोध गरेका छन् ।

 


Thali Mobile Pvt.Ltd.