भर्खरै : Sorry, your browser does not support inline SVG.
पश्चिम नेपालका पहिरो प्रभावित क्षेत्रमा भौगर्भिक अध्ययन गरिने | जाजरकोटमा कुटपिटबाट औषधी व्यवसायीको मृत्यु, पाँच जना पक्राउ | दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउने ट्रम्पको घोषणा, सियोलले भने अभ्यास जारी राख्ने | बाढी-पहिरोले देशभरका राजमार्ग अस्तव्यस्त, यी सडकमा यातायात अवरुद्ध | होर्मुजमा गहिरिँदो संकट : अमेरिका-इरान युद्धले मध्यपूर्वदेखि विश्व ऊर्जा बजारसम्म बढायो तनाव | गण्डकीदेखि पश्चिमका केही ठाउँमा आज मुसलधारे वर्षाको सम्भावना, सतर्क रहन आग्रह | पेट्रोलियम पदार्थको मूल्य यथावत, पेट्रोल–डिजेलको भाउमा परिवर्तन भएन | सरकारले अब आफैं ग्यास बेच्ने छैन, नियमित प्रक्रियाबाटै बिक्रेतामार्फत बिक्री हुने |

राष्ट्रिय सङ्कल्प हासिल गर्न सबै जुटौं: प्रदेश प्रमुख परियार

राष्ट्रिय सङ्कल्प हासिल गर्न सबै जुटौं: प्रदेश प्रमुख परियार

काठमाडौं । प्रदेश नं २ का प्रमुख तिलक परियारले देशमा विद्यमान विभिन्न वर्ग, जाति, जनजाति, मधेशी, महिला, दलित, मुस्लिम र पिछडिएका क्षेत्रका सबैमा ‘समृद्ध नेपाल, सुखी नेपाली’ यो राष्ट्रिय सङ्कल्प हासिल गर्न मन, वचन र कर्मले समर्पित हुन प्रेरणा मिलोस् भनी कामना गरेका छन् ।

संविधान दिवसको उपलक्ष्यमा सम्पूर्ण नेपालीमा हार्दिक शुभकामना व्यक्त गर्दै उहाँले तीनै तहका सरकार र आम समुदायमा संविधानको मर्म र भावनालाई व्यवहारमा कार्यान्वयन गर्न थप उत्प्रेरणा प्रदान गरोस् भनी शुभेच्छासमेत प्रकट गरेका हुन् । प्रदेश प्रमुख तिलक परियारले जनआन्दोलन, जनयुद्ध, मधेश आन्दोलनका साथै विविध जनवर्गीय आन्दोलनहरुमा नेपाली जनताको लाखौँको सहभागिता, हजारौँ बलिदान, त्याग तपस्या र रगत पसिना बगाएर यो संविधान प्राप्त भएको उल्लेख गरे ।

साथै, कोभिड–१९ को महामारीका कारण मुलुक प्रभावित भएको उल्लेख गर्नु हुँदै रोकथाम र उपचारका लागि रातदिन खटिने तीनै तहका सरकार, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी, जनप्रतिनिधि र समाजसेवीलाई धन्यवाद दिए । प्रदेश प्रमुख परियारले सङ्क्रमणका कारण मृत्यु हुनेहरुमा श्रद्धाञ्जलि अर्पण गर्नुका साथै सङ्क्रमणको कारण बिरामी भएकाको शीघ्र स्वास्थ्यलाभको कामना समेत गरेका छन् ।

 


Thali Mobile Pvt.Ltd.