भर्खरै : Sorry, your browser does not support inline SVG.
सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती | हर्मुज जलसन्धिमा इरान–ओमानबीच संयुक्त नौपरिवहन मार्गको सम्झौता हुँदै, बहराइन बैठकमा नजाने | मलेसिया रोजगारीमा सिन्डिकेटको आशंका : २५ म्यानपावरमाथि छानबिन, २५० संस्थाको प्रक्रिया रोकियो | शीतल बजारमा पृथ्वी राजमार्ग खोल्न नेपाली सेनाको ब्लास्टिङ, नयाँ सडक संरचना बनाइँदै | वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा, बाँकी संरचना हटाउने काम तीव्र | रसुवागढी नाका बन्द भएपछि मुस्ताङको कोरलानाकामा बढ्यो कारोबार, १५ दिनमै पौने दुई अर्ब राजस्व | बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द |

४ महिने शिशुसहित थप ५२ जनामा कोरोना संक्रमण

४ महिने शिशुसहित थप ५२ जनामा कोरोना संक्रमण

वीरगञ्ज । वीरगञ्जमा ४ महिनाको शिशुदेखि ६८ वर्ष उमेरकासहित ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालस्थित पीसीआर प्रयोगशालामा १ सय ९२ वटा स्वाब नमुना परीक्षण गर्दा ११ महिलासहित ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

सबैभन्दा बढी बारामा ४५ जनामा, पर्सामा ६ जना र सर्लाहीका एक जनाको पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएको छ । पर्सामा वीरगञ्जस्थित बाल सुधार गृहका तीन जना, वीरगञ्ज–३ र वीरगञ्ज–१९ मा १/१ जनामा कोरोना संक्रमण देखिएको अस्पतालका प्रवक्ता एवम् वरिष्ठ चर्म रोग विशेषज्ञ डाक्टर अतुलेश कुमार चौरसियाले बताए ।

यसैगरी बाराको बारागढी गाउँपालिकास्थित इलाका प्रहरी कार्यालय बारागढीका ८ जना, सोही गाउँपालिकाको अस्थायी प्रहरी चौकीका १ जना, बारागढीकै सुखीपठारका २ जना र श्रीपुरका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै कलैया उपमहानगरपालिकाका ३३ जना र महागढीमाईका १ जनाको पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएको छ । त्यस्तै सर्लाहीको एक जनामा पनि कोरोना संक्रमण देखिएको चौरसियाले बताए ।

 


Thali Mobile Pvt.Ltd.