भर्खरै : Sorry, your browser does not support inline SVG.
कान्ति लोकपथ पूर्णरूपमा बन्द, पृथ्वी र बीपी राजमार्गमा राति आवागमनमा रोक | विपद् प्रभावित क्षेत्रमा पुनर्निर्माण तीव्र, विदुरमा आपत्कालीन स्वास्थ्य केन्द्र सञ्चालन | लामो समय बसेको वा स्थानीय तहलाई उपयोग शुल्क बुझाएको आधारमा सरकारी जग्गामा भोगाधिकार नहुने सर्वोच्चको व्याख्या | गाईजात्राका सांस्कृतिक प्रस्तुतिलाई निरन्तरता दिनुपर्नेमा जोड | कोहलपुरमा सट्टेबाजी खेलाएको आरोपमा ४२ जना पक्राउ | स्वास्थ्यकर्मीमाथि आक्रमण गरे ५ वर्षसम्म कैदको प्रस्ताव | इरानमाथि ट्रम्पको कडा चेतावनीपछि चर्कियो विरोध | असोज ८ देखि १२ गतेसम्म बाढी–पहिरोको जोखिम, राति यात्रा नगर्न आग्रह |

अधिकार खोसेको भन्दै अध्यक्षमाथि हातपात गर्ने गाउँपालिका उपाध्यक्ष आफैँ पुगिन् प्रहरीमा

अधिकार खोसेको भन्दै अध्यक्षमाथि हातपात गर्ने गाउँपालिका उपाध्यक्ष आफैँ पुगिन् प्रहरीमा

जुम्ला । जुम्लाको गुठीचौर गाउँपालिकाका अध्यक्ष दानबहादुर बुढामाथि कार्यकक्षमै हातपात गरेको आरोपमा उपाध्यक्ष शान्तिकुमारी मल्ल भण्डारीलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ। उपाध्यक्ष भण्डारी आफैँ जिल्ला प्रहरी कार्यालयमा उपस्थित भएपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएकाे हाे।

उपाध्यक्ष भण्डारीमाथि अध्यक्षको कार्यकक्षमा प्रवेश गरेर हातपात गरेको आरोप छ। गाउँपालिका प्रवक्ता अर्जुन महताराका अनुसार उपाध्यक्ष भण्डारीले अध्यक्ष बुढालाई थप्पड र चप्पल प्रहार गरेकी थिइन्।

गाउँपालिका अध्यक्ष बुढाले जिल्ला प्रहरी कार्यालय जुम्लामा जाहेरी दिएको गाउँपालिका प्रवक्ता महताराले बताए। कार्यालय समय सकिएकाले आइतबार जाहेरी दर्ता हुन सकेको थिएन। सोमबार बिदा परेकाले मंगलबार कार्यालय खुल्ने वित्तिकै जाहेरी दर्ता हुने जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक प्रह्लाद कार्कीले बताए।

अध्यक्ष बुढाले बजेट निर्माणदेखि पालिकामा भइरहेका काम कारबाही चित्त नबुझे छलफलमार्फत समाधान गर्न सकिने पर्याप्त सम्भावना हुँदाहुँदै उपाध्यक्ष भण्डारीले आफूमाथि हातपात गरेको बताए।

उपाध्यक्ष भण्डारीले अध्यक्षले मनपरी बजेट विनियोजन गरेको र आफ्नो अधिकार खोसेको बताइन्। कार्यपालिकाको बैठकले उक्त घटनाप्रति दुःख व्यक्त गरेको छ। गाउँपालिकाको बजेट पनि आइतबार नै अनुमोदन भइसकेको छ। घटनाबारे उपाध्यक्ष भण्डारीसँग सोधपुछ भइरहेको जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी धर्मराज जोशीले बताए।

 


Thali Mobile Pvt.Ltd.