भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपहिरो : सुरुङभित्र ३७ शव फेला, ११औँ दिन चिनियाँ नागरिकको जीवितै उद्धार | काठमाडौँका विभिन्न क्षेत्रमा आठ दिन बिजुली कटौती हुँदै, कुन ठाउँमा कहिले ? | स्पेनमा भीषण रेल दुर्घटना, ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक | शनिबारसम्म वर्षा र हिमपातको सम्भावना, पाकेको धान नकाट्न मौसमविद्को सुझाव | जिज्ञान थापाको राजदूत नियुक्ति अन्योलमा, सुनुवाइ समितिको निर्णय कुर्दै सरकार | भक्तपुरमा पक्षघातबारे जनचेतना, निःशुल्क स्वास्थ्य परीक्षण | तीन महिनामै ३ अर्ब ६४ करोडको चामल आयात, कृषिप्रधान देशकै अर्बौं रुपैयाँ विदेशियो | ‘अर्नब’ चक्रवातको सम्भावित प्रभाव नेपालमा पनि, भारी वर्षा र हिमपातको जोखिम |

विकृति र भ्रष्टाचारविरोधी अभियान थालनीका लागि माओवादी केन्द्रले विधान सम्मेलन गर्ने

विकृति र भ्रष्टाचारविरोधी अभियान थालनीका लागि माओवादी केन्द्रले विधान सम्मेलन गर्ने

काठमाडौं । माओवादी केन्द्रले आगामी मङ्सिरमा विधान सम्मेलन गर्ने गरी गृहकार्य थाल्ने भएको छ। बालुवाटारमा सोमबार बसेको पार्टी पदाधिकारी बैठकले मङ्सिरमा विधान सम्मेलन गर्ने गरी केन्द्रीय समिति बैठकको एजेन्डा तय गरेको हो ।

पार्टीका उपमहासचिव वर्षमान पुनले बुधबारदेखि पाँच दिनसम्म सञ्चालन हुने केन्द्रीय समिति बैठकलाई प्रत्यक्ष प्रसारण गर्ने निर्णय गरेको बताए । काठमाडौँको प्रज्ञा भवनमा केन्द्रीय समिति बैठक बस्नेछ । पार्टी विधि र विधानबमोजिम सञ्चालन गर्न माओवादीले पहिलो पटक विधान सम्मेलन आयोजना गर्न लागेको हो ।

माओवादीले आगामी तीनमहिने अभियान सञ्चालन गर्ने तयारी गरेको पुनले जानकारी दिए । केन्द्रीय सदस्यलाई कार्यविभाजन गरेर वडासम्म पुगेर काम गर्ने गरी पठाइने, नयाँ पार्टी सदस्यता दिने, पुरानो पार्टी सदस्यता नवीकरण गर्ने, पार्टी नभएको ठाउँमा गठन गर्ने र प्रशिक्षित गरिने उनको भनाइ छ ।

विकृति र भ्रष्टाचारविरोधी अभियानका रूपमा सञ्चालन गर्ने, सरकारले गरेका राम्रा काम जनतामा र जनताका समस्या सरकारसमक्ष पु¥याइने उनले बताए । अहिले भ्रष्टाचारविरुद्धको सुशासनको अभियान राष्ट्रिय रूपमा अगाडि बढाइएको भन्दै एकथरी मानिस डराएर पार्टीभित्रै र गठबन्धनभित्रै खेल्न खोज्ने प्रवृत्ति देखिएको बताए ।

नेता पुनले सुन काण्डमा उच्चस्तरीय छानबिन समिति बनाएर काम गर्नुपर्ने बताउए ।

 


Thali Mobile Pvt.Ltd.