भक्तपुर । भनपा प्रमुख सुनिल प्रजापतिले रिकीसी विधिद्वारा कुहिने फोहरलाई कम्पोष्ट मल बनाउनेसम्बन्धी १० दिने तालिमको बुधबार एक समारोहबीच उद्घाटन गरेका छन् ।
नगरपालिकाको आयोजनामा भएको तालिममा बोल्दै नगर प्रमुख प्रजापतिले नगरको फोहरमैला व्यवस्थापन परम्परागत प्रविधिलाई नयाँ प्रविधिमार्फत रुपान्तरण गर्ने प्रयासमा रहेको बताए ।
भक्तपुरलाई सफा र स्वस्थ नगर बनाउन रिकीसी विधि उपयोगी हुनेमा विश्वास व्यक्त गरे । दैनिक १ सय ५० भन्दा बढी सफाई मजदुर क्रियाशील रहेको भन्दै प्रमुख प्रजापतिले भक्तपुरलाई अझ सुन्दर बनाउन, कृषि उत्पादन वृद्धि गर्न र आर्थिक उपार्जन गर्न यो विधि उपयोगी हुने बताए ।
