भर्खरै : Sorry, your browser does not support inline SVG.
बुढीगण्डकीको बाढीले बस्ती र पुल बगायो, तटीय क्षेत्रमा सतर्कता | भक्तपुरमा नेपाली मौलिक वास्तुकलाको प्रदर्शनी, १८५ सम्पदा पुनर्निर्माण गरिएको जानकारी | मुख्यमन्त्री किरण थापासहित विभिन्न व्यक्तिहरूलाइ क्रियाशील पत्रकार मञ्च, भक्तपुरद्वारा सम्मानपत्र प्रदान | स्वास्थ्य सचिव डा. सुमित्रा गौतमलाई क्रियाशील पत्रकार मञ्च भक्तपुरको सम्मान | नोबेल शान्ति पुरस्कार घोषणापछि आईसीसीमाथि अमेरिकी प्रतिबन्ध | नेपालमा आप्रवासी चराको वासस्थान सङ्कटमा, ४५ प्रतिशतको सङ्ख्या घट्दो | बीपी राजमार्ग दुईतर्फी खुल्यो, लेदो र गेग्रान हटाइएपछि यातायात सहज | राष्ट्रिय परिचयपत्र नभएकै कारण बैंकिङ सेवा रोक्न नपाइने, सर्वोच्चको आदेश |

कंगोमा दुई विद्यालयमा भीषण आगलागी, भागदौडमा २९ विद्यार्थीको मृत्यु

कंगोमा दुई विद्यालयमा भीषण आगलागी, भागदौडमा २९ विद्यार्थीको मृत्यु

काठमाडौं, २६ भदौ । कंगोको विद्रोहीको कब्जामा रहेको बुकावु सहरका दुई विद्यालयमा आगलागी हुँदा भएको भागदौडमा कम्तीमा २९ विद्यार्थीको मृत्यु भएको छ ।

बुकावुको घना बस्ती रहेको कदूतु क्षेत्रमा विद्यालयमा आगलागी भएपछि विद्यार्थी तथा स्थानीयमा भागदौड मच्चिएको थियो । घटनामा केही वयस्कको समेत मृत्यु भएको बताइएको छ ।

आगलागीमा घाइते भएका तथा सुरक्षित उद्धार गरिएका व्यक्तिलाई उपचारका लागि नजिकैका अस्पतालमा लगिएको छ । घटनास्थलबाट सार्वजनिक भएका दृश्यमा केही बालबालिका अस्पतालको भुइँमा उपचारको पर्खाइमा रहेको देखिएको जनाइएको छ ।

आगलागीका कारण आसपासका करिब ३ सय घरसमेत जलेर नष्ट भएका छन् । ठूलो क्षेत्र प्रभावित भएकाले मृतकको संख्या अझै बढ्न सक्ने स्थानीय अधिकारीहरूले आशंका गरेका छन् ।

विद्यालयमा आगलागी कसरी सुरु भयो भन्ने विषयमा भने अहिलेसम्म स्पष्ट जानकारी प्राप्त भएको छैन । घटनाको कारणबारे अनुसन्धान भइरहेको जनाइएको छ ।

बुकावु क्षेत्रमा पछिल्लो समय सुरक्षा अवस्था चुनौतीपूर्ण रहँदै आएको छ । विद्रोहीको प्रभाव रहेको क्षेत्रमा भएको यो घटनाले स्थानीय बासिन्दामा थप त्रास उत्पन्न गरेको छ ।

 


Thali Mobile Pvt.Ltd.