भर्खरै : Sorry, your browser does not support inline SVG.
लगानीको शब्दबाट विश्व शक्तिको मोर्चासम्म : कसरी बदलिँदैछ ‘ब्रिक्स’को प्रभाव ? | बाढीले बगाएको देवीघाटको पुल पाँच दिनमै पुनर्निर्माण, सबै प्रकारका गाडी चल्न थाले | विदेशी लगानीकर्ताको रोजाइमा सूचना प्रविधि, ७२७ परियोजनामा लगानी प्रतिबद्धता | भोटेकोशी बाढीको असर : ५ जिल्लाका १५ पालिकामा १६ हजारभन्दा बढी घरधुरी प्रभावित | कंगोमा दुई विद्यालयमा भीषण आगलागी, भागदौडमा २९ विद्यार्थीको मृत्यु | रसुवागढी–तातोपानी बन्द भएपछि कोरला नाकामा बढ्यो चिनियाँ सामान र विद्युतीय गाडीको चाप | सुडान घोटालामा दोषी ठहर पूर्वआईजीपी राणाको रोकिएको पेन्सनबारे सर्वोच्चमा सुनुवाइ | विश्वसम्पदा सूचीमा समेट्ने तयारी : तिलौराकोट आसपास थप जग्गा अधिग्रहण गरिँदै |

कंगोमा दुई विद्यालयमा भीषण आगलागी, भागदौडमा २९ विद्यार्थीको मृत्यु

कंगोमा दुई विद्यालयमा भीषण आगलागी, भागदौडमा २९ विद्यार्थीको मृत्यु

काठमाडौं, २६ भदौ । कंगोको विद्रोहीको कब्जामा रहेको बुकावु सहरका दुई विद्यालयमा आगलागी हुँदा भएको भागदौडमा कम्तीमा २९ विद्यार्थीको मृत्यु भएको छ ।

बुकावुको घना बस्ती रहेको कदूतु क्षेत्रमा विद्यालयमा आगलागी भएपछि विद्यार्थी तथा स्थानीयमा भागदौड मच्चिएको थियो । घटनामा केही वयस्कको समेत मृत्यु भएको बताइएको छ ।

आगलागीमा घाइते भएका तथा सुरक्षित उद्धार गरिएका व्यक्तिलाई उपचारका लागि नजिकैका अस्पतालमा लगिएको छ । घटनास्थलबाट सार्वजनिक भएका दृश्यमा केही बालबालिका अस्पतालको भुइँमा उपचारको पर्खाइमा रहेको देखिएको जनाइएको छ ।

आगलागीका कारण आसपासका करिब ३ सय घरसमेत जलेर नष्ट भएका छन् । ठूलो क्षेत्र प्रभावित भएकाले मृतकको संख्या अझै बढ्न सक्ने स्थानीय अधिकारीहरूले आशंका गरेका छन् ।

विद्यालयमा आगलागी कसरी सुरु भयो भन्ने विषयमा भने अहिलेसम्म स्पष्ट जानकारी प्राप्त भएको छैन । घटनाको कारणबारे अनुसन्धान भइरहेको जनाइएको छ ।

बुकावु क्षेत्रमा पछिल्लो समय सुरक्षा अवस्था चुनौतीपूर्ण रहँदै आएको छ । विद्रोहीको प्रभाव रहेको क्षेत्रमा भएको यो घटनाले स्थानीय बासिन्दामा थप त्रास उत्पन्न गरेको छ ।

 


Thali Mobile Pvt.Ltd.