भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

विदेशी लगानीकर्ताको रोजाइमा सूचना प्रविधि, ७२७ परियोजनामा लगानी प्रतिबद्धता

विदेशी लगानीकर्ताको रोजाइमा सूचना प्रविधि, ७२७ परियोजनामा लगानी प्रतिबद्धता

काठमाडौं, २६ भदौ । नेपालमा पछिल्लो समय सूचना प्रविधिको क्षेत्रमा विदेशी लगानीकर्ताको आकर्षण बढ्दै गएको पाइएको छ । उद्योग विभागका अनुसार सूचना प्रविधि क्षेत्र विदेशी लगानीका लागि लगानीकर्ताको प्रमुख रोजाइमा पर्न थालेको छ । आर्थिक वर्ष २०८२/८३ मा विदेशी उद्योगी तथा लगानीकर्ताबाट नेपालमा ५८ अर्ब रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता प्राप्त भएको छ ।

उक्त अवधिमा विभिन्न क्षेत्रमा सञ्चालन हुने १ हजार ११६ वटा परियोजनाका लागि विदेशी लगानीको प्रतिबद्धता आएको विभागले जनाएको छ । तीमध्ये सूचना प्रविधि क्षेत्रका मात्रै ७२७ वटा परियोजना रहेका छन् । परियोजनाको संख्याका आधारमा हेर्दा सूचना प्रविधि क्षेत्र अन्य क्षेत्रभन्दा निकै अगाडि देखिएको छ । यसले नेपालमा सूचना प्रविधिको क्षेत्रमा विदेशी लगानीकर्ताको रुचि उल्लेख्य रूपमा बढेको देखाएको छ ।

विभागका अनुसार सो अवधिमा उत्पादनमूलक क्षेत्रमा ६३, ऊर्जामूलक क्षेत्रमा चार, कृषिमूलक क्षेत्रमा १८, पर्यटन क्षेत्रमा २२७, खनिज क्षेत्रमा चार, सेवामूलक क्षेत्रमा ७१ र पूर्वाधारमूलक क्षेत्रमा दुईवटा परियोजनाका लागि विदेशी लगानी प्रतिबद्धता आएको छ ।

नेपालमा दक्ष जनशक्ति उपलब्ध हुनु, सूचना प्रविधिमा आधारित सेवा तथा व्यवसायको विस्तार हुनुका साथै तुलनात्मक रूपमा कम पूर्वाधारबाट पनि सूचना प्रविधिसम्बन्धी व्यवसाय सञ्चालन गर्न सकिने भएकाले यस क्षेत्रमा विदेशी लगानीकर्ताको आकर्षण बढेको बताइएको छ । यसअघि आर्थिक वर्ष २०८१/८२ मा विभिन्न ८४२ वटा परियोजनाका लागि ६४ अर्ब रुपैयाँ बराबरको विदेशी लगानी प्रतिबद्धता प्राप्त भएको थियो ।

अघिल्लो आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष २०८२/८३ मा लगानी प्रतिबद्धताको कुल रकम केही घटेको भए पनि परियोजनाको संख्या भने उल्लेख्य रूपमा बढेको देखिन्छ । उद्योग विभागका अनुसार नेपालमा राजनीतिक स्थायित्व, लगानीको सुरक्षा र सरल नीतिगत व्यवस्थाका कारण विदेशी लगानीकर्ताको विश्वास बढ्दै गएको छ ।

सूचना प्रविधिमा आधारित व्यवसाय विस्तार हुँदै जानु तथा दक्ष जनशक्तिको उपलब्धताले पनि नेपाललाई विदेशी लगानीका लागि आकर्षक गन्तव्यका रूपमा स्थापित गर्न सहयोग पुगेको विभागको भनाइ छ ।

 


Thali Mobile Pvt.Ltd.