रिगललाई आममाफी दिने निर्णयविरुद्ध सर्वोच्चमा आज सुनुवाइ हुदै

रिगललाई आममाफी दिने निर्णयविरुद्ध सर्वोच्चमा आज सुनुवाइ हुदै

काठमाडौं । योगराज ढकाल रिगललाई कैद मिनाह गरी आममाफी दिने निर्णयविरुद्ध परेको रिटमाथि सर्वोच्च अदालतमा आज सुनुवाइ हुँदैछ । न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासमा मंगलबार भएको सुनुवाइमा सरकारी पक्षले बहस भएको थियो ।

महान्यायाधिवक्ता डा दिनमणि पोखरेल, नायब महान्यायाधिवक्ता विश्वराज कोइराला र नायब महान्यायाधिवक्ता सञ्जिवराज रेग्मीले सरकारका तर्फबाट बहस गरेका थिए । आज बाँकी सुनुवाइ हुने कताइएको छ । संविधान दिवसका अवसरमा असोज ३ गते मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट योगराज ढकालको कैद मिनाहा भएको थियो ।

राष्ट्रपतिको निर्णयविरुद्ध हत्या गरिएका चेतन मानन्धरको पत्नी भारती शेर्पाले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेकी थिइन् । उक्त रिट निवेदनमा सुनुवाइ भएको हो । निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता बालकृष्ण नेउपानेको नेतृत्वमा बहस भएको थियो ।

असोज २५ गते प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरू डा आनन्दमोहन भट्टराई र कुमार रेग्मीको पूर्ण इजलासमा सुनुवाइ प्रारम्भ भए पनि हेर्न नमिल्ने भएपछि मंगलबारका लागि सुनुवाइ तय गरिएको थियो ।

 


Thali Mobile Pvt.Ltd.