२७ साउन २०७७ काठमाडौं । सरकारले रुकुमको चौरजहारी हत्याकाण्डमा ज्यान गुमाएका परिवारलाई प्रति परिवार १० लाखका दरले प्रदान गर्ने निणय गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता युवराज खतिवडाले आज पत्रकार सम्मेलन गरि जानकारी दिए। रुकुम नरसंहारमा ६ जनाले ज्यान गुमाएका थिए । घटनामा नवराज बिक, गणेश बुढा मगर, सञ्जु विक, लोकेन्द्र सुनार, गोविन्द शाही तथा टीकाराम नेपालीले ज्यान गुमाएका थिए ।
हेर्नुहाेस् भिडियाे…
https://www.facebook.com/Kailashkhabarnews/videos/332569947876870/
उत्त हत्याकाण्डमा पीडित घाइते सबैको सरकारले निशुल्क उपचार गरिदिने भएको छ। रुकुम चौरजहारीको सोती गाउँमा जेठ १० गते मल्ल थरकी प्रेमीकालाई भगाएर ल्याउन भनी आफ्ना १८ जना साथीहरुलाई लिएर नवराज विक पुगेपछि उनीहरुको जातिय विभेद भन्दै लखेटी लेखटी हत्या गरिएको थियो। सो क्रममा बिकसहित ६ जनाले ज्यान गुमाएका थिए ।
याे पनि हेर्नुहाेस्…
https://kailashkhabar.com/2020/4229/
