भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

लकडाउनमा सुनसरीबाट भक्तपुर आएकी महिलामा कोरोना पुष्टीसंगै भक्तपुर भित्रीयो कोरोना

लकडाउनमा सुनसरीबाट भक्तपुर आएकी महिलामा कोरोना पुष्टीसंगै भक्तपुर भित्रीयो कोरोना

३१ बैशाख २०७७ भक्तपुर । भक्तपुरमा अहिलेसम्म दुईजनामा कोरोना संक्रमित पुष्टी भएको छ । २५ वर्षीय महिला जो सुनसरीको झुम्काबाट आएकी थिइन र अर्को दुवाकोटका २७ वर्षीय पुरुष रहेको खुलेको छ ।

उनी तीन दिन अघि उनी सुनसरीको झुम्काबाट भक्तपुर आएकी थिइन भने दुवाकोटका युवामा कसरी कोरोना सर्न गयो त्यो भने पत्ता लागेको छैन । संक्रमित युवतीलाई हिजै टेकु अस्पताल भर्ना गरिएको छ ।

संक्रमित युवतीकी साथी स्टाफ नर्सलाई पनि निगरानीमा राखेर परीक्षण गर्ने तयारी गरिएको अस्पतालले जनाएको छ । हिजै टेकु अस्पताल भर्ना गरिएका दुवाकोटका युवाले बाहिर कतै नगएको तर कसरी कोरोना सर्यो थाह नपाएको बताएका छन् ।

संक्रमण पुष्टी भएसंगै अहिले उनको परिवारलाई सिल गरिएको छ । भक्तपुरमा भेटिएका संक्रमितहरूको कन्ट्याक्ट ट्रेसिङको काम अगाडि बढाइएको जिल्ला प्रहरी प्रमुख एसपी सविन प्रधानले जानकारी बताए ।

उनीहरुको सम्पर्कमा आएका र अन्य हिस्ट्री लिने काम भइरहेको प्रधानको भनाई छ । भक्तपुरका दुई जना र काठमाडौंका एकजना गरी ८३ जना व्यक्तिमा संक्रमण देखिएको छ । जसमा १८ जना पर्सा, २ जना धनुषा, २ जना महोत्तरी र एकजना सर्लाहीका गरि एकैदिन देखिएको अहिलेसम्मकै ठूलो संख्या भएको स्वास्थ्य मन्त्रालयले बताएको छ ।

नेपालमा कोरोना संक्रमिको संख्या २१७ पुगेको छ भने ३४ जना निको भएर घर फर्किएका छन्। तीन जनामा पुनः संक्रमण देखिएपछि उपचार भैरहेको छ ।

यता लकडाउनलाइ कडा पारीएपनि नागरिकले भने हल्का रूपमा लिएका छन् ।

हेर्नुहाेस् भिडियाे…

 


Thali Mobile Pvt.Ltd.