भर्खरै : Sorry, your browser does not support inline SVG.
तीनकुने–गैरीगाउँ क्षेत्रका बासिन्दाले सामान सार्न थाले, पाँच स्थानमा पुनर्स्थापना गर्ने सरकारको तयारी | पेट्रोलियम पदार्थ आयातबाट साठी अर्ब अठतीस करोड राजस्व सङ्कलन | इरानी विदेशमन्त्री पाकिस्तानमा, अमेरिका–इरान वार्ताका लागि कूटनीतिक प्रयास तीव्र | वीरगञ्ज महानगरद्वारा भूमिहीनलाई ३० दिनभित्र सम्पर्कमा आउन आग्रह | सुखड बजारको होटलमा आगलागी, कामदारको जलेर मृत्यु | विश्वका १० देशमा तीव्र खाद्य असुरक्षा, द्वन्द्व र मल अभाव मुख्य कारण | विनाशकारी भूकम्प गएको १० वर्ष पूरा, पुनर्निर्माण र सम्झनाका बीच नेपाल | थापाथली सुकुम्बासी बस्तीमा अनधिकृत संरचना हटाउन डोजर चलाउन सुरु |

विदेश जाने महिलाका लागि पालिकाको सिफारिस अनिवार्य

विदेश जाने महिलाका लागि पालिकाको सिफारिस अनिवार्य

काठमाडौं । घरेलु कामका लागि वैदेशिक रोजगारीमा जान महिलालाई प्रतिबन्ध लगाएको सरकारले पुनः विदेश जाने महिलालाई विभेद हुनेगरी अर्को निर्णय गर्ने तयारी गरेको छ ।

भिजिट भिसा लिएर विदेश जाने महिलाको संख्या वृद्धि भएको र जोखिम बढेको भन्दै सरकारले यस्तो व्यवस्था गर्न लागेको हो । २०६५ को कार्यविधि संशोधन गर्न अध्यागमन विभागले गृह मन्त्रालयमा मस्यौदा पेस गरिसकेको छ ।

भिजिट भिसामा विदेश जाने महिलाले स्थानीय तहको सिफारिस, परिवारको सहमतिलगायत १५ लाख रूपैयाँबराबरको बिमा तथा ‘क’ वर्गको बैंकबाट कम्तीमा एक हजार अमेरिकी डलर सटही गरेको प्रमाण देखाउनुपर्ने उल्लेख गरेको छ ।

Mohotsav


Thali Mobile Pvt.Ltd.