भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि खोजी-उद्धार जारी, हराएका आफन्तको विवरण प्रहरीलाई दिन आग्रह | भोटेकोशी बाढी : मधेसका ५८, बाँकेका २७ र सुनसरीका १५ जना सम्पर्कविहीन | आज ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को आग्रह | रसुवा बाढी : ४६९ शव फेला, १ हजार ५४५ जनाको उद्धार | रसुवा-नुवाकोटसहित बाढी प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहतलाई तीव्रता दिँदै बागमती सरकार | भोटेकोशी बाढीपीडितको तत्काल उद्धार, राहत र उपचार गर्न नेमकिपाको माग | बाढीपछि तिब्बत पुगे चिनियाँ प्रधानमन्त्री ली छ्याङ, उद्धार र राहतको स्थलगत निरीक्षण | गोसाइँकुण्डबाट फर्किने पर्यटकलाई मन्त्रालयको आग्रह : धुन्चेतर्फको नियमित सडकमार्ग प्रयोग नगर्नु |

विद्युत् लाइन विस्तारमा भारतीय सुरक्षाकर्मीको अवरोध

विद्युत् लाइन विस्तारमा भारतीय सुरक्षाकर्मीको अवरोध

कञ्चनपुर । विद्युत् लाइन विस्तार गर्ने क्रममा बेलौरी नगरपालिका–८ मा भारतीय सुरक्षाकर्मीले अवरोध गरेका छन्। नेपाल विद्युत् प्राधिकरणका कर्मचारीलाई लाइन विस्तार गर्नबाट भारतीय सीमा सुरक्षा बल ९एसएबी०ले अवरोध गरेको हो।

हुलाकी सडकखण्डको कालो पुलदेखि पचुँईसम्मको क्षेत्रमा विद्युत् लाइन विस्तारका लागि पुगेका प्राधिकरणका कर्मचारीलाई माथि कुरा गर्नोस् भन्दै लाइन विस्तार गर्न नदिएका हुन्।

हुलाकी सडकको किनारै किनार विद्युत्‌को पोल गाड्ने कार्य भइरहेका बेला पुगेको एसएसबीको टोलीले कार्य रोकेको प्राधिकरण बेलौरी वितरण केन्द्रका प्रमुख कपिल जोशीले बताए। विद्युत् लाइन विस्तारका लागि जगदम्बा बेताल कन्स्ट्रक्सनले ठेक्का पाएको छ। चालु आवभित्रै कार्य सक्ने गरी ठेक्का सम्झौता गरिएको छ।

विद्युत् लाइन विस्तारमा भारतीय सुरक्षाकर्मीले अवरोध गरेपछि पोल गाड्ने कार्य अलपत्र परेको छ। स्थानीय बासिन्दाले हुलाकी राजमार्ग क्षेत्रको जग्गा नेपालकै भए पनि भारतीय पक्षले पटक पटक अवरोध गरी दुःख दिने गरेको गुनासो गरेका छन्।

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले विद्युत् लाइन विस्तारमा के कारणले कार्य रोकेको रहेछ, बुभ्mने प्रयासमा रहेको बताए। यसअघि हुलाकी राजमार्गको पचुँई क्षेत्रमा भारतीय पक्षले सडक कालोपत्र गर्ने कार्यमा अवरोध गर्दै आएको छ।

 


Thali Mobile Pvt.Ltd.