भर्खरै : Sorry, your browser does not support inline SVG.
सर्वोच्चको आदेशले सम्पत्ति छानबिन रोकियो, १२ हजारको विवरण आयोगमै थन्कियो | सरकारी कर्मचारीको नयाँ तलब लागू, न्यूनतम ४० हजारदेखि १ लाख रुपैयाँभन्दा बढी | नयाँ आर्थिक वर्षसँगै नयाँ कर लागू : शिक्षा, स्वास्थ्य, बिजुली र सेयर कारोबारमा असर | ट्रम्पको आरोप : चीनले अमेरिकी निर्वाचन प्रणालीमा साइबर घुसपैठ गर्‍यो, गोप्य दस्ताबेज सार्वजनिक गर्ने घोषणा | बाढी-पहिरोको असर : देशका विभिन्न राजमार्ग अवरुद्ध, यात्रा अघि सडक अवस्था बुझ्न आग्रह | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको चेतावनी, बाढी–पहिरोको जोखिम बढ्यो | वार्षिक ७० लाख आम्दानी गर्दै कृषक नेम्वाङ | रित्तिँदै गाउँ, सम्झनामा सीमित बन्दै बस्ती |

दुई करोड काण्डमा रास्वपा सांसद श्रेष्ठ

दुई करोड काण्डमा रास्वपा सांसद श्रेष्ठ

पोखरा । साथी किसान सहकारी संस्थाको झन्डै १ करोड रकम हिनामिना गरेको राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. ढाकाकुमार श्रेष्ठलाई आरोप लागेको छ।

पदबाट हट्दै गर्दा श्रेष्ठले नयाँ कार्यसमितिलाई हिसाब नबुझाई जिम्मेवारीबाट पन्छिएपछि यस्तो आरोप लागेको छ । त्यसकै विषयमा पुरानो र नयाँ सञ्चालक समितिका पदाधिकारीबीच उनकै मेडिकलमा छलफल र बहस चलिरहेको छ ।

डा. श्रेष्ठले आफू मन्त्री बन्न २ करोड रकम चाहिएको भन्दै मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग गरेको फोन संवादको अडियो पनि सार्वजनिक भएको छ । उक्त अडियोमा आफू स्वास्थ्यमन्त्री बन्न लागेको र त्यसका लागि पार्टीलाई साढे २ करोड रुपैयाँ बुझाउनुपर्ने भन्दै प्रसाईंसँग रकमका विषयमा कुरा गरेको सुनिन्छ छ ।

नयाँ काण्ड आएपछि डा. श्रेष्ठलाई यो के हो ? भनेर प्रश्न राखेको बैठकमा सहभागी एक जनाले बताए । रकम हिनामिनामा आफ्नो नाम देखिए सबै रकम तिर्न आफू तयार रहेको श्रेष्ठले बताएको छलफलमा सहभागीको भनाइ छ।

 


Thali Mobile Pvt.Ltd.