भर्खरै : Sorry, your browser does not support inline SVG.
अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता | लेखा समितिमा राहदानी छपाई प्रकरणको छलफल रोकियो, सांसदको असहमतिपछि बैठक स्थगित | एक सातामै आत्मदाहका तीन घटनामा तीन जनाको मृत्यु, जलन उपचार सेवामा विशेषज्ञको अभाव | अष्ट्रेलियामा सबै अन्तर्राष्ट्रिय यात्रुका लागि डिजिटल यात्रु कार्ड लागू हुने, कागजी फाराम हटाइने | के हात्तीले वर्षौँसम्म रिस राख्छ ? | देशभर ४६ प्रतिशत मात्रै धान रोपाइँ सम्पन्न, गण्डकी अगाडि, कोशी सबैभन्दा पछाडि | जनकपुरबाट काठमाडौँसम्म ‘न्याय मार्च’मा मिटरब्याज पीडित, सरकारसँग यस्ता छन् ८ प्रमुख माग |

विपद् प्राधिकरणद्वारा हुस्सुरकुहिरो तथा सम्भावित शीतलहरको पूर्वतयारी र प्रतिकार्यका लागि अपिल

विपद् प्राधिकरणद्वारा हुस्सुरकुहिरो तथा सम्भावित शीतलहरको पूर्वतयारी र प्रतिकार्यका लागि अपिल

काठमाण्डौ, ९ पुस । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तराईका धेरै ठाउँमा बाक्लो हुस्सु र कुहिरोले जनजीवन प्रभावित भएपछि उच्च सतर्कता अपनाउन अपिल गरेको छ । हुस्सु, कुहिरो र सम्भावित शीतलहरको जोखिमलाई ध्यानमा राखेर प्राधिकरणले सरोकारवाला निकायलाई पूर्वतयारी र प्रतिकार्यमा लाग्न निर्देशन दिएको हो ।

शीतलहर प्रतिकार्य योजना कार्यान्वयनमा प्राधिकरणले ‘शीतलहर पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०८२’ तर्जुमा गरी कार्यान्वयनका लागि सबै निकायमा पठाइसकेको जनाएको छ । कार्ययोजना अनुसार आ–आफ्नो जिम्मेवारी निभाउन प्राधिकरणले संघीय मन्त्रालय, प्रदेश सरकार र पालिकालाई आग्रह गरेको छ ।

यदि पालिका र जिल्ला विपद् व्यवस्थापन समितिको पहलले मात्र सम्भव नभएमा प्रदेश र संघ सरकारसँग सहयोग माग्न समेत अनुरोध गरिएको छ ।

विज्ञप्तिमार्फत प्राधिकरणले न्यानो लुगा र उपकरणको व्यवस्था गरी विपन्न परिवारलाई वितरणको व्यवस्था मिलाउन, आवश्यक सूचना पुर्याउन, शीतलहरबाट जोगिन सचेतना कार्यक्रम गर्न, जोखिममा रहेका व्यक्तिका लागि सार्वजनिक भवन, मठमन्दिर वा घरमा न्यानो गरी बस्ने प्रबन्ध मिलाउन, दाउराको व्यवस्थासहित अरु उपायहरु अपनाउन सूचित गरिएको छ ।

तराईका सबैजसो ठाउँमा लागेको बाक्लो हुस्सु र कुहिरो अझै केही दिन लम्बिने भएको छ । जल तथा मौसम विज्ञान विभागले बाक्लो हुस्सु र कुहिरो कम्तीमा अझै तीन दिन कायम रहने जनाएको छ ।

यसबाट जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्ने हुँदा आवश्यक सावधानी अपनाउन विभागले पनि सबैमा अनुरोध गरेको छ । यस्तो अवस्थामा न्यानो भएर बस्न तथा तातो झोलिलो खानेकुरा खान सल्लाह छ । रासस

 


Thali Mobile Pvt.Ltd.