भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

सुनचाँदी चोरीमा संलग्न ज्वेलर्स सञ्चालक पक्राउ, बालाजुबाट लाखौँको गरगहना बरामद

सुनचाँदी चोरीमा संलग्न ज्वेलर्स सञ्चालक पक्राउ, बालाजुबाट लाखौँको गरगहना बरामद

काठमाडौँ, ९ पुस । सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ गरेको छ।

प्रहरी वृत्त बालाजुबाट खटिएको टोलीले काठमाडौँ महानगरपालिका–१६, बालाजु बाइपासस्थित एक घरबाट सुनका गरगहना चोरी गरेको आरोपमा दोलखा भीमेश्वर नगरपालिका–७ स्थायी घर भई हाल काठमाडौँको डल्लुमा बसोबास गर्दै आएका ५४ वर्षीय विकास लकाईलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार पक्राउ परेका लकाई डल्लुस्थित सीता ज्वेलर्स का सञ्चालक रहेको अनुसन्धानबाट खुलेको छ। उनले बालाजु बाइपासको एक घरबाट सुनका गरगहना चोरी गरी अवैध रूपमा कारोबार गर्ने गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ।

प्रहरीले लकाईको साथबाट सुनको नेकलेस १४ थान, सुनको लकेट ९ थान, सुनको मङ्गलसूत्र ८ थान, सुनको नौगेडी ५ थान तथा सुनको पिस लकेट ३ थान बरामद गरेको जनाएको छ।

पक्राउ परेका लकाईमाथि थप अनुसन्धान भइरहेको र घटनासँग सम्बन्धित अन्य व्यक्तिहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ।

 


Thali Mobile Pvt.Ltd.